Comments Add Comment

प्याराग्लाइडर दुर्घटनामा दुई घाइते

२० फागुन, काठमाडौं । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए ।

अर्का विदेशी पाइलट ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका हुन् । उनी रूखमा अड्किएका थिए । स्थानीयवासीले उद्धार गरेका उनको अवस्था भने सामान्य रहेको छ ।

यागुदिन कुन कम्पनीबाट कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताए । पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment