+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

बोरा ओच्छयाएर पढ्नेलाई डेस्क–बेन्च सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते १९:०७

२० फागुन, काठमाडौं । स्थापना भएको नौ वर्षपछि सिरहाको जनता आधारभूत विद्यालयले डेस्क बेञ्च पाएको छ । ठेंगहीमा रहेको उक्त विद्यालयका विद्यार्थीले चिसो भुइँमा बसेर पढ्दै आएका थिए ।

दलित र मुस्लिम समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको लागि आइतबार साझा पहल नेपालले डेक्स–बेन्च उपलब्ध गराएको हो । २० थान डेक्स–बेन्च उपलब्ध गराएको साझा पहल नेपालकी अध्यक्ष गीता केसी दर्नालले बताइन् ।

‘शीतलहरको समयमासमेत भुईंमै बसेर पढ्न बाध्य भएको बास्तविकता सुनेपछि सहयोग गर्‍यौं’, अध्यक्ष दर्नालले भनिन्, ‘करिब एक सय विद्यार्थीलाई पुग्ने डेक्स–बेन्च उपलब्ध गराएका छौं ।’ उक्त विद्यालयमा ९५ विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यार्थीको लागि साझा पहलले पेन्सिल र कपी पनि वितरण गरेको छ ।

तीन कक्षासम्म पढाइ हुने विद्यालयका विद्यार्थी प्लास्टिकको बोरा बोकेर विद्यालय पुग्ने गर्थे । कोही बोरा, कोही प्लास्टिक त कोही भुँईमै बसेर पढ्दै आएका थिए । ०६६ सालमा स्थापना भएता पनि अहिलेसम्म विद्यार्थीको लागि डेक्स बेन्चको व्यवस्था थिएन ।

विद्यार्थीले चिसो भूईमा बसेर पढ्ने बाध्यता हटेकोमा प्रध्यानाध्यापक दुखी यादवले खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?