Comments Add Comment

लेन नमान्नेलाई मापसेको जस्तै एक घन्टा कक्षा

फाइल तस्वीर
फाइल तस्वीर

२६ असोज, काठमाडौं । सवारीचालकमा लेन अनुशासन नमान्ने प्रवृत्ति बढ्दै गएको ट्राफिक प्रहरीले कारबाहीमा पनि कडाइ गरेको छ । लेन अनुशासन कारबाहीमा पर्नेहरुले मापसे कारबाहीमा जस्तै अनिवार्य रुपमा एक घन्टा ट्राफिक शिक्षाबारे कक्षा लिनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारदेखि यस्तो कारबाही सुरु हुनेछ । ‘सडक लेनको अनुशासन नमान्नेको कागजपत्र लिन्छौं,’ महाशाखाका डिआईजी केशव अधिकारीले भने, ‘जरिवाना गरेर एक घन्टाको कक्षा लिएपछि मात्र उनीहरुको लाइसेन्स/बिलबुक फिर्ता दिन्छौं ।’ सडक अनुशासन नमान्नेलाई ट्राफिक प्रहरीले २ सय रुपैयाँ जरिमाना लिने गरेको नयाँ पत्रिकामा खबर छ ।

कारबाहीमा सवारीचालकले सोमबारदेखि अनिवार्य रुपमा कक्षा लिनुपर्ने हुन्छ । लेन अनुशासन नमान्नेलाई ट्राफिक शिक्षा दिन ट्राफिक प्रहरीले छुट्टै कोर्स बनाएको छ ।

पछिल्लो तीन महिनायता राजधानीका मुख्य सडकका रोड डिभाइडर हटाएपछि सडक नियम मिच्नेहरुको संख्या बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment