Comments Add Comment

बलिउड कलाकार जीतेन्द्र नेपालमा, भन्छन्-‘सुन्दर लागेर आउँछु’

jitendra-in-nepal
दिउँसो २ बजे बलिउडका चर्चित कलाकार जीतेन्द्र, पत्नी शोभा कपुरको साथमा नेपाल आइपुगेका छन् । बिहान ११ बजे भने चलचित्र ‘शोले’का वितरक रमेश सिप्पी नेपाल आएका थिए । रमेश शोभा कपुरका दाई हुन् ।

जीतेन्द्रले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै आफू चौथो पटक नेपाल आएको बताए । पत्नी शोभा कपुरले भने दोश्रो पटक नेपाल आएको जनाइन् । उनीहरु हायात होटलमा रहनेछन् । शोभा कारमा होटलतर्फ लाग्दै गर्दा जितेन्द्र भने होटलमा माइक्रोमा चढेका थिए ।

सन् १९७४ मा जीतेन्द्र पहिलोपटक हनिमुन मनाउन नेपाल आएका थिए । उनले नेपाल आफूलाई असाध्यै मनपर्ने भएकाले आएको बताए । उनीहरुले नेपालका अधिकांश मन्दिर र पोखराको भ्रमण गर्ने जनाए । करिब एक साता उनीहरु नेपालमा रहनेछन् ।jitendra-nepal-ma-aaya
यो उनीहरुको निजी भ्रमण हो । नेपालमा यतिबेला बलिउड तथा हलिउडका कलाकारहरु आउने क्रम बढेको छ । केही दिनअघि मात्र यूनिसेफको एक कार्यक्रममा भाग लिन चर्चित नायक आमिर खान नेपाल आएका थिए । यसैबर्ष नायक अक्षय कुमार र नायिका सन्नी लियोनीले नेपाल भ्रमण गरेका थिए । तिहार लगतै बलिउडका बादशाह साहरुख खान एक कार्यक्रमका लागि नेपाल आउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment