Comments Add Comment

दुलही जाममा फसेपछि रेडियोबाटै विवाह

wedding through radioट्राफिक जामका कारण झण्डै एक जोडीको विवाह खतरामा परेन । धन्न रेडियोले यो जोडीको विवाहलाई सम्भव तुल्याइदियो, जामलाई निस्तेज पार्दै ।

घटना चीनको हो । चिनिया मिडियाहरुमा निकै चर्चा पाएको यो घटना अक्टोबर १ को हो । झिनजियाङ प्रान्तको शीशी इलाकामा बस्ने यान मेंगशियाको विवाहका लागि विवाह समारोहमा जाँदै थिइन् तब उनी निकै ठूलो ट्राफिक जाममा फसिन् ।

उनलार्य ३ सय किलोमिटर टाढा रहेको यांगकांग जानु थियो । जाम निकै भयावह भएको र तत्काल जाम खुलेर समयमा समारोह स्थल जान कुनै सम्भावना नरहेको थाहा पाएपछि उनको होसहवास उड्यो ।

दिउसो एक बजे घरबाट निस्केकी उनी बेलुकीसम्म पनि विवाह समारोहमा पुग्ने कुनै सम्भावना रहेन, जामका कारण ।

तँ चिता म पूराउँछु भन्ने उखानै छ । जामका कारण बिहे नै रोकिने अवस्थामा पुगेकी यानका लागि स्थानीय एक रेडियो स्टेशन जिवनकै अविस्मरणीय सहयोगी बनिदियो ।

उनले स्थानीय एफ एम नाइन्टी थ्री को हटलाइनमा बारम्बार फोन गरिन् ट्राफिक अपडेटका लागि । तत्काल बाटो खुल्ने स्थिति नरहेको सूचना दियो रेडियोले ।

त्यसपछि विवाह समारोहमा रहेका बेहुला र जाममा अडि्कएका बेहुली दुबैजनाले रेडियोमा फोन गरेर एकअर्कामा बाचा-कसम साटे र विवाह सम्पन्न भयो ।
सप्ताहव्यापी छुट्टीका कारण चीनमा गएको हप्ता विदा मनाउनेहरुका सवारी साधनले ट्राफिकमा ठूलो समस्या पैदा गरेको थियो ।

छुट्टीको अन्तिम दिन मंगलबार मात्र देशको रेलवेबाट १ करोड यात्रुले यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment