Comments Add Comment

थाइल्यान्डको जेलमा ७२ नेपाली

Hatkadi२७ असोज, काठमाडौं । थाइल्यान्डको जेलमा थुनिने नेपालीको संख्या ७२ पुगेको छ । सबैजसो लागुऔषध ओसारपसारको कसुरमा जेल परेका हुन् ।

थाइल्यान्डका लागि कार्यबाहक नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार जेलमा रहेकामध्ये ४० प्रतिशतलाई जन्मकैदको फैसला भएको छ । त्यहाँको कानुनअनुसार जन्मकैदको फैसलामा सय वर्ष कैद सजाय हुन्छ । त्यस्ता कैदीहरुको जीवन जेलमै सकिने नयाँ पत्रिकामा खबर छ । असल बानी-व्यवहारका कारण सरकारबाट वा थाई राजाबाट आममाफी पाउन सके मात्रै उनीहरु छुट्न सक्छन् ।

अधिकांश गरिब नेपाली जेलमा रहेको कार्यबाहक राजदूत अर्यालले बताए । लागूऔषधको अन्तर्राष्ट्रिय गिरोहले भरिया बनाएर उनीहरुलाई लागुऔषध ओसारपसारमा प्रयोग गरेका थिए ।

थाइल्यान्डमा धादिङकी एक महिला लागुऔषध ओसारपसार गर्ने गिरोहको नाइकेको रुपमा सक्रिय छिन् । उनलाई पक्राउ गर्न थाई प्रहरीले नेपाल प्रहरीलाई आग्रहसमेत गरेको छ । जेलमा रहेका अधिकांश नेपाली पनि धादिङकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment