Comments Add Comment

बाबुलाई एल्बम र सिनेमाको चटारो

babu-bogati
गायकबाट नायक बनेपछि बाबु बोगटीको परिचय फेरियो । तर, पनि उनले आफ्नो गायन यात्रालाई अगाडि बढाइरहेका छन् । उनले आफ्नो पाचौ एल्बम ‘रेस्पेक्ट’ बजारमा ल्याएका छन् । आज सार्वजनिक भएको यो एल्बममा ७ वटा गीत छन् । तर, संचारमाध्यममा एउटा मात्र गीत सार्वजनिक गरेको बाबुले बताए ।

उनले अभिनय गरेको चलचित्र ‘हमजाएगा’ मंसिर ५ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमासँगै एल्बमको प्रचारको चटारोले अब उनलाई छुनेछ । ‘साली ओ साली’ बोलको गीतलाई बासुदेव मुनालले लेखेका छन् । यो गीतको अडियो र भिडियो सार्वजनिक भएको बाबुले जानकारी दिए ।

बाबुले सिनेमा र एल्बम दर्शकका लागि आफ्नो उपहार भएको बताए । सिनेमा र एल्बमको प्रचारमा एकसाथ लाग्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment