Comments Add Comment

अब २ मिनेटमै चार्ज हुनेछ ब्याट्री, १० गुणा टिकाउ पनि

स्मार्टफोन लगायतका ग्याजेट प्रयोगकर्ता सबैको सपनाको साझा उत्तर हुनसक्छ यो ब्याट्री जुन जम्मा १ सय २० सेकेण्डमा लगभग पूरै चार्ज हुन्छ ।

सिंगापुरका अनुसन्धानकर्ताहरुले अल्ट्रा फास्ट चार्जिङ ब्याट्रीको आविष्कार गरेका छन् । जुन जम्मा २ मिनेटमै ७० प्रतिशत सम्म चार्ज हुन्छ ।

batteryयो ब्याट्री अहिले प्रचलनमा रहेका ब्याट्रीभन्दा १० गुणा बढि टिकाउ हुनुका साथै यसको आयु पनि बढि हुने दाबी उनीहरुको छ ।

नानयाङ प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आफुहरुले यो नयाँ आविष्कार खासगरी विद्युतिय परिवहन तथा विद्युत उर्जा खपत हुने सबैजसो उद्योगहरुका लागि ठूलो उपलब्धी हुने जिकिर गरेका छन् ।

अनुसन्धान टोलीका प्रमुख चेन जियाओडोङका अनुसार विद्युतिय कारहरुले केवल ५ मिनेटमै ब्याट्री पूरै चार्ज गरेर गुड्न सक्नेछन् । यो समय भनेकेा पेट्रोल कारले पेट्रोल भर्न लाग्ने समय हो ।

आफुहरुले बनाएको नयाँ ब्याट्री १० गुणा बढि खपाउ हुने भएकाले यसले वातावरणीय प्रदुषण कम गर्नुका साथै ठूलो धनराशी समेत बचत हुने शोधकर्ताहरुको दाबी छ ।

यो ब्याट्रीमा ऋणात्मक ध्रुवको रुपमा लिथियम आयोन ब्याट्रीमा प्रयोग गरिने ग्राफाइटको साटो टाइटानियम अक्साइडबाट बनेको जेल पदार्थ प्रयोग गरिएको छ । टाइटानियम अक्साइड प्रसस्तै पाइने, सस्तो तथा सुरक्षित हुने बताइएको छ ।

अहिले प्रचलनमा रहेका ब्याट्रहरु ५ सय रिचार्ज साइकलसम्म खप्ने भएकोमा नयाँ आविष्कार गरिएको ब्याट्री १० हजार रिचार्ज साइकल सम्म टिकाउ हुने शोधकर्ताहरु बताउँछन् ।

विश्वविद्यालयले यो ब्याट्रीको प्रतिलिपि अधिकार सुरक्षित गरेको छ र यसलाई दुइ वर्ष भित्रमा व्यवसायिक उत्पादनमा लैजाने लक्ष्य लिएको छ ।डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment