+
+

इपीएस भाषाको परीक्षाफल सार्वजनिक (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २९ गते १७:२०

२९ असोज, काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली -इपीएस) अन्तरगत लिएको भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ ।
परीक्षामा ३ हजार ६६३ परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमा औद्योगिक क्षेत्रतर्फ २ हजार ७६८ र कृषि क्षेत्र अन्तरगत ८९५ जनन उत्तिर्ण भएका छन् ।

भाषा परीक्षा असोज १० र ११ गते भएको थियो । ६२ हजार ५१४ जनाले आवेदन दिएकोमा ५८ हजार ७७० ले भाषा परीक्षा लिएका थिए ।

भाषा परीक्षामा पास भएकाहरुको स्कील टेष्टमा सहभागी हुन पाउनेछन् । भाषा परीक्षामा पास भएकाहरुको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फारम भर्ने सम्वन्धी सूचना कात्तिक २० गते प्रकाशित गरिनेछ ।

स्कील टेष्टको सुचना कात्तिक २६ गते प्रकाशित हुने बैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जनाएको छ ।

 परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?