Comments Add Comment

बुटवल उद्योग वाणिज्य संघमा महेशमान सिंहको प्यानल बिजयी

Butwal-chamber-of-commerce

कपिल ज्ञवाली

३० असोज, बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा महेशमान सिंह निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणाम अनुसार संघमा सिंहको प्यानल नै बिजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा सिंह २ सय ४० मत अन्तरले बिजयी भएका हुन् । सिंहले ६ सय ५४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी कृष्णकुमार श्रेष्ठले ४ सय १४ मत प्राप्त गरे ।

एक हजार ४ सय ३३ मतदाता रहेकोमा निर्वाचनमा एक हजार ७८ मत खसेको थियो । मत परिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष सिंहले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा ६ सय २१ मत ल्याएर खिमबहादुर हमाल, बाणिज्य उपाध्यक्षमा ५ सय ४३ मत ल्याई उज्वल कसजु, महासचिवमा ६ सय ४ मतका साथ हरिप्रसाद अर्याल र सचिवमा ६ सय ४१ मतसहति कमलप्रसाद पौडेल बिजयी भएका छन् ।

त्यस्तैगरि, उद्योगतर्फको उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ यसअघि नै निविर्रोध निर्वाचित भएका थिए ।

Butwal-chamber-of-commerce-2

सात खुल्ला सदस्य पदका लागि १७ जनाको प्रतिस्पर्धामा बाबुराम बिक ५ सय ९१ मत, दिनेश श्रेष्ठ ५ सय ४० मत, टंकप्रसाद गैरे ४ सय ८० मत, कसिस श्रेष्ठ ४ सय १३ मत, जाकिर हुसैन ३ सय ९८ मत, बसन्त प्रसाद ढकाल ३ सय ९८ मत र मक्तिप्रसाद अधिकारी ३ सय ८८ मत प्राप्त गरि विजयी भएका छन्  ।

उद्योगतर्फ ४ सदस्य पदमा कृष्ण्ँप्रसाद भुसाल ८ सय ३४ मत, रितेस सिलवाल ७ सय ६१ मत, नविनप्रसाद श्रेष्ठ ७ सय ४९ मत र मोहनलाल जोशी ७ सय ३२ मत, वाणिज्यतर्फ ६ सय ८३ मतसहित भेषराज गैरे, ६ सय ८२ मतसहित मनोज ध्वजु, ६ सय ६१ मतसहित नरिश्वर शर्मा पौडेल र ६ सय ७ मतसहति लोकनाथ पाण्डे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, महिला सदस्य २ पदमा भएको प्रतिस्पर्धामा ६ सय ८३ मत ल्याएर मिना प्रधान तथा ५ सय ४ मत ल्याएर कमला पोखरेल निर्वाचिन भएकोे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

एशोसियट सदस्यमा भने सुनिल कृष्ण निविर्रोध निर्वाचित भएका थिए । अधिवेशनको २७ गते नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment