Comments Add Comment

राजधानीमा २२ दलको ‘शक्ति प्रदर्शन’

३१ असोज, काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले शुक्रबार राजधानीमा सभा गरेकाे छ । सभा अघि भृकुटीमण्डप, बसन्तपुर, जमल र त्रिपुरेश्वर लगायतका स्थानबाट र्‍याली निकालिएको थियो ।

जनसभाले सरकार तथा संविधान सभा भित्र र बाहिर रहेका दलहरूबीच सहमतिको वातावरण बनाउने माेर्चाको नेतृत्व गर्दै अाएको एमाअोवादीको विश्वास छ । ‘संविधानसभाबाट सहमतिको अाधारमा पहिचानसहितको संघियता र संघियतासहितको संविधान जारी गर्न सकारात्मक दवाव दिने उद्देश्यले सभा गरेका हौं,’ एमाअोवादी नेता कृष्णबहादुर महराले भने ।

शक्ति प्रदर्शन भनिएको सभामा उत्साहजनक उपस्थिति भने देखिएन ।

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान सहमतिबाट निर्माण गरिनुपर्ने माग राख्दै एमाओवादीसहितका २२ दल मोर्चाबद्ध भएर आन्दोलन गर्दै आएका छन् ।

मोर्चाले यसअघि असोज २४ गते काठमाडौंमा कोणसभा गरेको थियो भने २७ गते इटहरी र २९ गते दाङको घोराहीमा शक्ति प्रदर्शन गरेको थियो ।

एमाओवादी नेतृत्वको मोर्चामा संघीय गणतान्त्रिक गठबन्धन, रामकुमार राई नेतृत्वको पहिचानमा आधारित संघीय गठबन्धन र पर्शुराम तामाङ नेतृत्वको संविधानसभाबाहिरका दलको संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment