Comments Add Comment

२१ लाख रुपैयाँ तिरेर जमानतमा छुटे पारस शाह

३१ असोज, काठमाडौं । लागुऔषधसहित बैंककमा एक साताअघि पक्राउ परेका पूर्वयुवराज पारस शाह ७ लाख थाई भाट अर्थात करीव २१ लाख नेपाली रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

पक्राउ परेका अवस्थामा पारस शाह
पक्राउ परेका अवस्थामा पारस शाह

थाई प्रहरीसँग नेपालको पूर्वराजपरिवारको सदस्यले कुराकानी गरेर पारसलाई जमानतमा छुटाइएको स्रोतले जनाएको छ ।  यसको चाँजोपाँचो मिलाउन पूर्व शाहज्यादी शितास्मा शाह र पारसका पूर्व स्वकीय सचिव राजेश सिंह बैंकक गएका थिए ।

जमानतको रकम हुण्डीमार्फत दुई चरणमा पठाइएको निर्मल निवास स्रोतले जनाएको छ । पारसलाई छुटाउने प्रक्रियामा नेपाली दूतावासको सहयोग नलिइएको स्रोतको दाबी छ ।

हिमानी बैंकक जाने

यसैबीच पारसलाई नेपाल फर्काउनका लागि पत्नी हिमानी राज्यलक्ष्मी शाह र बहिनी प्रेरणा राज्यलक्ष्मी सिंह पनि बैंकक जाने भएका छन् ।

निर्मल निवास सम्वद्ध उच्च स्रोतका अनुसार पूर्वराजाले हिमानीलाई बैंकक जान सल्लाह दिएपछि उनी पारस फर्किने अवस्थामा सँगै ल्याउने गरी जान सहमत भएकी हुन् ।

‘सकेसम्म अदालती प्रक्रिया मिलाएर उनलाई तिहार अघि नै नेपाल ल्याउने गरी हिमानी र प्रेरणा लगायत परिवारका सदस्यहरु जाने कुरा भएको छ’ निर्मल निवास सम्बद्ध एक पूर्वअधिकारीले भने ‘मिलेन भने तिहारपछि हिमानी जाने निश्चित भएको छ ।’

पारस तिहारअघि नेपाल आउन नमिले उनलाई हाल बैंककमै रहेकी धीरेन्द्रकी छोरी शितास्माले भाइटीका लगाइदिने छिन् ।

पारसलाई उनकी थाई प्रेमिकाबाट समेत छुटाउन शितास्माले प्रयास गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

पारसका साथबाट बरामद भएको पार्सलमा मेथाम्फेटामिन र मारिजुवयना नामका दुई अलग अलग पोका लागुऔषध बरामद भएको जानकारी त्यहाँको प्रहरीले बैंककस्थित नेपाली दूतावासलाई गराएको थियो ।

मारिजुयना भन्दा मेथाम्फेटामिन कडा लागुऔषध भएकाले अभियोग पुष्टि भएमा १० वर्षसम्म जेल सजायँ हुन सक्छ ।

शाह दुई वर्षअघि पनि लागु औषधसहित समातिँदा उनलाई पुन : :स्थापना केन्द्रमा पठाइएको थियो ।

यो पनि हेर्नुहोस

पारसलाई सघाउन जीवनकुन्जले सहयोगी पठायो

पारस शाह : हिजोका युवराज आजका गँजडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment