Comments Add Comment

सेनाले थोराङपास खुलाएपछि अलपत्र पदयात्री मुक्तिनाथतर्फ झर्दै

tilicho-lake

३१ असोज,काठमाडौं । उच्च हिमाली भेगमा परेको आकस्मिक हिमपातका कारण हराइरहेका पदयात्री तथा नेपाली सहयोगीहरुको खोजी कार्य जारी रहेको छ ।

मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र गोरखाका उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका सयौं विदेशी तथा नेपालीहरु अझै पनि सम्पर्कविहीन छन् ।

यसैबीच बाक्लो हिउँले ढाकिएको थोराङ पासको मुख्य मार्गलाई नेपाली सेनाको विशेष उद्दार टोलीले शुक्रबार बिहानदेखि खुलाएको छ । बिहान ६ बजे हेलिकोप्टरबाट थोराङ हिमालमा उत्रिएको नेपाली सेनाको टोलीले मुक्तिनाथ तर्फबाट हिउँ पन्छाएर बाटो खुलाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक टोली त्यहाँ पुग्दा नेपाली सहित ३९ जना पदयात्रीहरु अलपत्र अवस्थामा भेटिएका थिए । त्यस्तै अन्य ६ जना गम्भिर घाइतेहरु पनि भेटिएको सेनाले जनाएको छ ।

सकुशल रहेकाहरुलाई बाटो खुलाएर मुक्तिनाथतर्फ पठाइएको र गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट जोमसोम झारिएको निर्देशनालयले जनाएको छ । त्यस क्षेत्रमा अलपत्र भेटिएका पदयात्रीहरु बाटो खुलेपछि हिँडेरै मुक्तिनाथतर्फ झरिरहेको टानका अधिकारीहरुले बताएका छन् ।

टानका अनुसार उद्दारकर्मीहरुले शुक्रबार बिहानै थोराङ पासको डुम क्याम्पमा चार जनाको शव फेला पारेका छन् ।
तीमध्ये दुईजना नेपाली छन् । मृतकमध्ये नेपाल इकोलोजिकल ट्रेकका शन्तबहादुर तामाङको मात्र पहिचान भएको टानले जनाएको छ ।

यसैबीच डोल्पा र हुम्लाको उच्च हिमाली पदयात्रामा गएका विदेशी र नेपाली पदयात्रीहरु अझै सम्पर्कमा आएका छैनन् । उनीहरुको खोजी भइरहेको छ ।

टान, सरकार र नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्दार र खोजी कार्य जारी राखेका छन् ।

तस्वीर सौजन्य : टान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment