Comments Add Comment

आवासीय बैठकका लागि प्रधानमन्त्रीलाई बाबुरामको निम्तो

Baburam-with-susil

२ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिका लागि बोलाइएको शीर्ष नेताहरुको आवासीय बैठकमा सक्रिय सहभागी हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

भट्टराईले आइतबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर सम्वाद समितिले कात्तिक ४ र ५ गते निर्णायक वार्ताको आयोजना गरिएको जानकारी दिएका छन् ।

वार्तामा प्रधानमन्त्रीको सक्रिय सहभागिता र सहमति निर्माणका लागि भूमिका खेलिदिन आग्रह गरिएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री कोइरालाले दलहरुका बीचमा सहमति निर्माण भएर माघ ८ मा संविधान जारी भए आफैंले सरकार छाड्ने बताएका छन् । उनले भने-‘तर सहमति पनि नगर्ने, माघ ८ मा संविधान पनि जारी नगर्नेतिर जाने हो भने दलहरुलाई म पनि संविधान नबनाइकन कुनै पनि हालतमा सरकार नछाड्ने कुरा स्पष्ट पार्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment