Comments Add Comment

सोलुखुम्बुमा दुई बालबालिकाको जलेर मृत्यु

२ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको गोराखानी ८ स्थित लाप्चामा एक घरमा आगो लाग्दा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

आइतबार विहान पुषबहादुर तामाङको घरमा आगो लाग्दा उनका ९ बर्षीय नाती पुर्णबहादुर तामाङ र ५ बर्षीया नातिनी पासाङ ल्हामु तामाङको जलेर मृत्यु भएको हो ।

घरमा कोही नभएकोबेला आगो लागेको थियो । घरभित्रै रहेका अन्य ३ बालबालिकाहरुलाई छिमेकीहरुले उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकेको स्थानीयले जानकारी दिए ।

आगोमा जलेर घरमा रहेका सबै सम्पत्तिहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने खुलेको छैन । घटनास्थलमा पुगेर मुचुल्का उठाउने क्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्लेरीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

आइतबार बिहान करिब ५ बजेदेखि सुरु भएको आगो स्थानीय र प्रहरीले करिब ५ घण्टापछि निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment