Comments Add Comment

घुस लिँदालिँदै नायब सुब्बा पौडेल पक्राउ

३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत कार्यालय कलंकीमा कार्यरत नायब सुब्बा धरेन्द्रनारायण पौडेललाई थलोमा नै पक्राउ गरेको छ ।

आयोगका अनुसार नायब सुब्बा पौडेलले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित कर्मचारी आवास क्षेत्रका एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने क्रममा ५० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।

पौडेलले कानुन विपरित रकम माग गरेको र निज उपर कारबाही गरिपाऊँ भन्ने उजुरीको सूचनाका आधारमा आयोगको विशेष टोलीले लेनदेन भएको रकमसहित पक्राउ गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नासु पौडेललाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment