Comments Add Comment

तीन दलले संविधानसभाको बलात्कार गरे : थापा

१० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहमतिको नाममा तीन दलले संविधानसभाको बलात्कार गरेको टिप्पणी गरेका छन् ।

KAMAL THAPAसोमबार राजधानीमा भएको साक्षात्कारमा उनले तीन दलका असफल नेताहरुले संविधानसभालाई गोकर्ण रिसोर्टबाट चलाउन खोजेको आरोप लगाए ।

अध्यक्ष थापाले भने, ‘आगामि माघ ८ गतेभित्र संविधान ल्याउने भए तीन दलको छायाँबाट मुलुकको राजनीतिलाई मुक्त गर्नुपर्छ ।’ तीन दलको हालीमुहाली चलिरहँदा पनि नागरिक समाजले प्रभावकारी भुमिका नखेलेको गुनासो गरे ।

बाह्र बुँदे लगायतका सम्झौतालाई बाध्यताको सहमतिको संज्ञा दिदै उनले जनवादी व्यवस्था र संसदीय व्यवस्थाको सिद्धान्त मान्ने दलहरुवीच सम्झौता हुनै नसक्ने जिकीर गरे । उनले त्यस्तो सहमति अप्राकृतिक रहेको टिप्पणी गरे ।

हिन्दु राष्ट्रको लागि खुमबहादुर र पशुपति समशेरसँग मिल्ने

अध्यक्ष थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रलाई विधिबाट पुनः नटुङ्ग्याए आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै सनातन हिन्दु राष्ट्रको विषयमा जनमत संग्रह हुनुपर्ने अडान दोहोर्‍याए । उनले सनातन हिन्दु राष्ट्र नेपालको पहिचान भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउन कांग्रेस नेता खुमबहादुर खड्का र राप्रपा अध्यक्ष पशुपति शमसेर राणा लगायतकाहरुसँग सहकार्य गरेर छिट्टै अभियान चलाउने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment