Comments Add Comment

प्रधानमन्त्रीले भने-मिलेर संविधान बनाऔं

susil-prachanda-and-madhav

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सबै दलको सहमतिमा नयाँ संविधान जारी हुने बताएका छन् । दलहरुबीचको मतभेद छिट्टै अन्त्य हुने र सहमतिको संविधान माघ ८ मै जारी हुने उनको विश्वास छ ।

एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सबै दल मिलेर संविधान बनाउने बताएका हुन् ।

उनले बाहिर सार्बजनिक भएजस्तो दलहरुबीच गम्भीर मतभेद नरहेको दावी समेत गरे । प्रधानमन्त्री कोइरालाले भने, ‘पत्रपत्रिकामा आएका कुरा सत्य होइनन्, हामी मिलेर संविधान बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment