Comments Add Comment

तिब्बती टोली र प्रचण्डबीच भेटवार्ता

Prchanda-tibbati-toli
एमाओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा तिब्बतको टोली (बायाँ)। तस्विर सौजन्य : प्रचण्डको निजी सचिवालय

११ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुन नेतृत्वको टोली राजनीतिक भेटवार्तामा व्यस्त भएको छ ।

सुन नेतृत्वको टोलीले मंगलबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा आपसी हित, सीमा सुरक्षा, द्विपक्षीय चासो लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ पक्षले सबै दलको सहमतिमा नयाँ संविधान जारी भइ नेपालमा राजनीतिक स्थायित्व हुनेमा आफूहरु विश्वस्त रहेको बताएको थियो । प्रचण्डले पनि संविधान निर्माणमा भैरहेको प्रगतिबारे जानकारी गराउदै चिनियाँ पक्षको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

शुक्रबार नेपाल आएलगत्तै सुन नेतृत्वको टोलीले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गरेको थियो ।

नेपालमा रहँदा चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई पनि भेटघाट गर्ने कार्यक्रम छ । सो टोलीले नेपालका पर्यटकीयस्थल लुम्बिनी, पोखरा, ललितपुर लगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ । सो टोली चार दिने भ्रमण पूरा गरी यही कात्तिक १४ गते तिब्बत र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment