Comments Add Comment

पृथ्वी राजमार्गको फिस्लिङमा दिनभर तनाव

११ कात्तिक, काठमाडौं । कारको ठक्करले एक व्यक्तिको मृत्यु भएपछि उत्पन्न तनावले पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा मंगलबार दिनभर तनाव भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा राजधानी आवत जावत गर्ने यात्रुहरू अलपत्र परे । साँझ ५ बजे पीडितलार्इ क्षातिपूर्ति दिनेसहितको सहमतिपछि राजमार्ग सुचारू भएको छ ।

बुटवलबाट काठमाडौँ आउँदै गरेको बा १० प ९१४ नम्बरको कारले बाटामा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका स्थानीय सागर गुरुङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन्।

दुर्घटनामा परेका सागरका एक वर्षीय छोरा र पत्नी मनु गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

दुर्घटनापछि पृथ्वी राजमार्गको सो खण्डमा दिनभरि जाम भएको छ। प्रहरीले जाम खोल्ने प्रयास गर्दा स्थानीयसँग झडपसमेत भएको छ ।

स्थानीयले दोषीलार्इ कारवाही र पीडितलार्इ क्षतिपूर्तीको माग गर्दै सडकमा दिनभरि आगो बालेर अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment