Comments Add Comment

पुरुष निर्देशकसंग भिड्दा मज्जा आउँछः फराह खान

farah
मुम्बइ । फिल्म निर्देशक फराह खानले यो मिथक तोडीदिएकी छिन् ‘महिला निर्देशक मसालेदार फिल्म बनाउन सक्दैनन्’ ।
मैं हुँ ना र ओम शान्ति ओम जस्ता सफल फिल्म बनाएकी फराहको पछिल्लो फिल्म ‘ह्याप्पी न्यु इयर’ को प्रदर्शन जारी छ जुन फिल्ममा हरेक दिनजसो दर्शकहरु बढी रहेका छन् ।
शाहरुख खान, दिपिका पादुकोण, ज्याकी श्राफ, अभिषेक बच्चन, बोमन इरानी लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्मले अहिलेसम्मको मितिमा सबै भन्दा धेरै कमाउने फिल्मको रुपमा आफुलाइ स्थापित गरेको छ ।
फिल्मको सफलताले खुसी भएकी फराह फिल्मकर्मी शिरीष कुन्दरकी श्रीमति हुन् । यस किसिमको मसालेदार फिल्म बनाउन आफुलाइ भारतीय समाज र बलिउडले प्रेरित गरेको बताउँछिन् ।
भारतीय समाजमा महिलालाई हेपिने गरेको यथार्थ मनन गरेकी फराह पुरुष निर्देशकसंग भिड्न चाहन्छिन् । फराह बाहेक अन्य महिला निर्देशक भए पनि तिनले बैकल्पिक धारका फिल्म मात्रै बनाएका छन् । तर, फराह केबल अवार्डमा सिमित सिनेमा बनाउन चाहन्नन् । उनको मान्यता छ ‘पुरै मनोरञ्जन दिने सिनेमा बनाएर पुरुष निर्देशकसँग भिड्नुपर्छ ।’ यसरी भिड्न पाउँदा आफुलाई रमाइलो लाग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment