Comments Add Comment

बीबीसीको उत्कृष्ट सूचीमा दुई नेपाली महिला

BBC१३ कात्तिक, काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् । लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् ।

कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बीबीसीले प्रत्येक वर्ष सयजना उत्कृष्ट महिलाको सूची सार्वजनिक गर्छ ।

बीबीसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment