Comments Add Comment

उदाउँदो सूर्यलाई अर्घ दिर्इ छठ पर्व सकियो

chhath morning (5)

१३ कात्तिक, काठमाडौं  । उदाउँदो सूर्यलाई अर्घ दिएसँगैै यसबर्षको छठ पर्व सम्पन्न भएको छ । आज बिहान नदी तथा तलाउमा बसेका ब्रतालुहरुले उदाउँदो सूर्यलाई धार्मिक विधिपूर्वक अर्घ दिएका छन् । ब्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्व समापन गर्ने परम्परा छ ।

chhath morning (1)

ब्रतालुले ठेकुवा, केरा, भुसुवालगायत विभिन्न प्रकारका प्रसाद तथा दूध सूर्यलाई अर्पण गरेका छन् । काठमाडौंको रानीपोखरी, गौरीघाट, बागमती, विष्णुमती सहित जनकपुरको गंगासागर, धनुष सागर, दशरथ तलाउ, अर्गजा पोखरी, वीरगन्जको घडीअर्वा पोखरी लगायतका विभिन्न जलाशयमा ब्रतालुहरु रातभर जाग्राम बसी विधिपूर्वक उदाउदो सूर्यलाई अर्घ दिएका छन् ।

काठमाडौंको रानीपोखरीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न दलका नेताहरु पनि सूर्यलाई अर्घ दिन गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment