Comments Add Comment

गाईसहित राप्रपा नेपालका सभासद् शान्तिबाटिकामा

१६ कात्तिक, काठमाडौं । नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गर्दै आएको राप्रपा नेपालले राजधानीको शान्तिबाटिकामा गाईलिएर प्रदर्शन थालेका छन् ।
हिन्दुराज्यको माग गर्दै अनसन बसेका श्रीनिवास आचार्यलाई प्रशासनले धरपकट गरेको विरोधमा राप्रपा नेपालका २४ जना सभासदको उपस्थितिमा आचार्यले फेरि आजदेखि अनसन सुरु गर्न लागेको राप्रपा नेपालका केन्द्रीय सदस्य तथा सहप्रवक्ता मोहन श्रेेष्ठले अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठले भने-‘हिन्दु राज्य राप्रपा नेपालको मात्र होइन, यो नेपाली जनताको साझा एजेन्डा हो । नेपाललाई हिन्दु राज्य बनाउने अभियानमा हामी लाग्यौ ।’ राप्रपा नेपालसहित विभिन्न शक्तिसमूह पनि हिन्दु राज्यको मुद्दा लिएर अघि आएकोले यो अभियानलाई बल मिलेको श्रेष्ठले बताए ।
हिन्दु राज्यको माग गर्दै अनसन बसेकै ठाउँबाट हटाइएका श्रीनिवास आचार्यले पनि आजदेखि फेरि अनसन सुरु गर्दैछन् । आचार्यलाई अनसन सुरु गराउन राप्रपा नेपालका २४ जना सभासद् भेला भएर घेराबन्दी गरी अनसन स्थलमा बसेका छन् ।
सरकारले हिन्दु राज्यको विरोध गरेको भन्दै श्रेष्ठले भने-‘सरकारको गृहमन्त्री रहेका बामदेव गौतमले हिन्दु राज्यको विपक्षमा संसदमा बोलेको कुराको माफी माग्नुपर्छ । यो समग्र नेपाली हिन्दु जनताको अपमान हो । आजको संसदमा उनले माफी नमागे हामी चरणबद्ध आन्दोलनमा उत्रनेछौं । त्यसको जवाफ सरकारले दिनुपर्छ ।’ गृहमन्त्रीलाई माफीमाग्न आइतबार ५ बजेसम्मको समयसीमा दिएको श्रेष्ठले बताए ।
आन्दोलन घोषणा गर्न केन्द्रीय समिति बैठक
राप्रपा नेपालले हिन्दु राज्य माग गर्दै विभिन्न आन्दोलन गर्ने तयारी गरेको छ । आज  पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक केन्द्रीय सदस्यहरुको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment