Comments Add Comment

जनजाति आन्दोलन घोषणा गर्दा मञ्चमै रोए पद्मरत्न

padma ratna tuladhar

नारायण पंगेनी

१६ कात्तिक, काठमाडौं । आदिवासी जनजाति आन्दोलनको अगुवाइ गर्न तयार भएका पद्मरत्न तुलाधरले पहिचानसहितको संघीयताका लागि सम्झौताहीन आन्दोलन गर्ने उद्घोष गरेका छन् ।

प्रज्ञाभवनमा आइतबार ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’ घोषणासभामा आन्दोलनको नेतृत्व गर्ने तयार रहेको घोषणा गरिरहँदा तुलाधरनिकै भावुक भए ।

कार्यक्रमको अध्यक्षता गरेका उनी मञ्चमा भाषण गर्न उभिदा शुरुमै रोए । गहभरी आँसु लिएर सम्बोधन सुरु गरेका उनले भने-‘म शारिरीक रुपमै असक्त छु, तर पनि मलाई आन्दोलनको नेतृत्व गर्न साथीहरुले आग्रह गरे, त्यही भएर हर्षविभोर भएर रोएको हुँ ।’

‘आफ्नो देशको संविधान आफै लेख्ने सोंच्थ्यौं,’ तुलाधरले रुँदै भने-‘हामीले भनेजस्तो संविधान लेखिने भएन ।’ उनले आफूलाई साम्प्रदायिक भएको आरोप लगाउने गरेको भन्दै भने-हामी साम्प्रदायिकताको विरोधी हौं ।’

‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’का अध्यक्ष आदिवासी तथा उत्पीडित समुदायको अधिकारका लागि लागि आफ्नो नेतृत्वमा सम्झौताहीन आन्दोलन गर्ने उद्घोष गरे । ‘विगतमा पटक पटक भएका आन्दोलनहरु सम्झौतापरस्त भए’ उनले भने-अब सम्झौताहीन आन्दोलनका लागि मात्रै मैले नेतृत्व लिन तयार भएको हुँ ।’

तुलाधरले नेताहरुले संघीयता नबुझेको आरोप लगाए । विगतमा संविधानसभा अन्तर्गतको समितिले पेश गरेको १४ प्रदेशको खाका समेत नेताहरुले नपढेको टिप्पणी गरे ।

कार्यक्रममा एनेकपा माओवादीका नेता वर्षामान पुनले जनजातिको आन्दोलन विना परिणाम नटुङ्गिने बताए । ‘यो आन्दोलन भनेको जनजातिको अधिकार र पहिचानको पक्षमा गरीएको आन्दोलन हो’-उनले भने ।

नेकपा-माओवादीका सचिव देव गुरुङले संविधानमा स्वायत्तता, सुशासन र पूर्णसमानुपातिक आनिवार्य भएको बताए । कांग्रेस एमालेका नेताहरुतर्फ संकेत गर्दै भने-‘आत्मनिर्णय र स्वात्यत्तताको निर्माणमा उनीहरु शब्द नै उच्चारण गर्न चाहँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment