Comments Add Comment

जरिवाना तिर्दा पनि फाइदा

gadi ma jhundara yetra gardai (1)१८ कार्तिक, पोखरा । बाग्लुङ सिंगानाका सज्जनकुमार सुनार आइतबार कोरिया उड्नुअघि पोखराबाट माइक्रोबसमा काठमाडौ पुगेका थिए । पाँच घण्टाको माइक्रोयात्रामा उनका लागि यातनै बन्यो ।
१५ सिट क्षमताको माइक्रोमा २० जना कोचिएका थिए । चालकसँगको अगाडिको सिटमा तीन जना यात्रु थिए । चालकसँगको अगाडिको सिटमा तीन जना यात्रु थिए । पोखराबाट लेखनाथ नगरपालिकाको डाँडाको नाक पुग्नै आँटेपछि चालकले अगाडिका एकजनालाई ‘ओर्लिएर एकैछिन पछाडि बस्न’ भने । यात्रुले आदेश नमान्ने कुरौ भएन । उनी खुरुक्क पछाडि गए । अनुशासित सवारी झैं ढोका राम्ररी लगाएर माइक्रो आफ्नै गतिमा कुद्यो ।
डाँडाको नाक पुग्दा प्रहरीले गाडी रोके । बाहिरबाट सर्रर नजर घुमाए । हातले अगाडि बढ्ने इसारा गरिदिए । अलि अघि पुगेपछि चालकले गाडी रोकेर पछाडि बसालेका यात्रुलाई फेरि अगाडि बोलाए । त्यसपछि नागढुंगा पुग्दासम्म ठाउँठाउँमा प्रहरी चेकपोष्ट आयो, तर क्षमता भन्दा बढी यात्रु कोचिएको माइक्रोलाई कहींकतै प्रश्नसम्म सोधिएन । नागढुंगामा भने फेरि यात्रु ओरालेर पछाडि पठाउँने नाटक दोहोरियो ।
यो सुनारको मात्र अनुभव होइन, पोखरा-काठमाडौ यात्रा गर्ने सवैको भोगाइ हो । १५/१६ सिट क्षमताका माइक्रोले क्षमताभन्दा धेरै यात्रु ओसार्न यसरी नै ट्राफिक प्रहरीको आँखा छल्दै आएका छन् । ट्राफिक प्रहरी पनि जानाजान आँखा चिम्लिदिन्छन्, नागरिकमा खबर छ ।
‘प्रहरीले ढोकै खोलेर हेर्दा रहेनछन्,’ सज्जनले नागरिकसँग भने, ‘बाहिरबाट हेर्यो, अगाडि दुईजना यात्रु देखेपछि जाउ भनेर पठायो ।’ कुनै प्रहरीले भित्र हेरे पनि चालकलाई खास फिकर हुँदैन । धेरै यात्रु राखेको भन्दै चालकलाई प्रहरीले लगाउने अधिकतम जरिवाना भनेको जम्मा एक हजार रुपैंयाँ हो । त्यो पनि बढीजसो पाँचसयमै उम्किन दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment