+
+

बाजेको सेकुवा सातदोबाटोमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते १०:५२

१८ कात्तिक, काठमाडौं । बाजेको सेकुवाले ललितपुरको सातदोबाटोमा शाखा विस्तार गर्ने भएको छ । अगामी कात्तिक २१ गते शाखा सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जानकारी दिएको छ ।

Bajeko-Sekuwaकम्पनीले सातदोबाटोस्थित सेल्सबरी कम्प्लेक्समा शाखा विस्तार गर्न लागेको हो । यसअघि कम्पनीले काठमाडौंको बत्तीसपुतली, सिनामंगल, अनामनगर, सोह्रखुट्टे र गैरीधारामा शाखा विस्तार गरेर सेवा प्रदान गरिरहेको छ ।

बाजेको सेकुवाले उपत्यका बाहिर पोखराको नागढुंगामा पनि शाखा विस्तार गरिसकेको छ । बाजेको भेन्चरले व्यवस्थापन गर्ने बाजेको सेकुवा फ्रेन्चाइज घरेलु कम्पनी हो । कम्पनीले देशभर फ्रेन्साइ मोडलमा शाखा विस्तार गर्न लागेको र यो पहिलो भएको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी एक वर्षमा कम्पनीले पाँचवटा शाखा र अबको पाँच बर्षमा नेपालको सबै प्रमुख शहरमा शाखा विस्तार गर्ने जानकारी दिए ।

रेस्टुरेन्ट बिजनेश मात्रै गर्दै आएको बाजेको भेन्चरले निकट भवष्यमा प्याकेज मिट तथा मसला बजारमा ल्याउने तयारी गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?