+
+

भाजपालाई सम्प्रदाय र कंग्रेसलाई संविधानविरूद्ध नबोल्न निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १३:१६

१० जेठ, काठमाडौं । भारतीय निर्वाचन आयोगले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कंग्रेस आईलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न निर्देशन दिएको छ ।

आयोगले भाजपालाई सम्प्रदायविरुद्ध नबोल्न निर्देशन दिएको हो भने कंग्रेसलाई संविधानविरूद्ध नबोल्न भनेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

चुनावी अभियानअघि आयोगले भाजपाका अध्यक्ष जेपी नड्डा र कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेलाई आचारसंहिता पालनाका लागि सचेत गराएको थियो । भाजपा र कंग्रेस दुबैले एक अर्काविरुद्ध आयोगमा आचारसंहिता उल्लंघनको उजुरी गरेका थिए ।

कंग्रेसले प्रधानमन्त्री रहेका भाजपा नेता नरेन्द्र मोदीले मुस्लिमविरोधी अभिव्यक्ति दिएको भन्दै उजुरी दिएको थियो । राजस्थानको चुनावी अभियानमा मोदीले मुस्लिम समुदायमाथि गद्दारको आरोप लगाएको भन्दै कंग्रेसले उजुरी दिएको थियो ।

यता, भाजपाले कंग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीविरूद्ध अफवाह फैलाएको र संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै उजुरी दिएको थियो । नड्डालाइ निर्देशन दिँदै आयोगले भनेको छ- ‘भाजपाको मुख्य अभियान्ता तथा पार्टीको अध्यक्ष भएकाले समाजलाइ विभाजित गर्ने कुनैपनि अभिव्यक्ति आफुले पनि नदिन र अभियानमा संलग्न अन्यलाइ पनि सचेत गराउन आयोग निर्देश गर्दछ ।’

यस्तै आयोगले धार्मिक तथा साम्प्रदायिक द्वेषका अभिव्यक्ति नदिनका साथै त्यस्ता अभियान समेत निषेध गर्न भाजपालाइ निर्देशन दिएको छ ।यस्तै कंग्रेसका अध्यक्ष खर्गेलाइ निर्देशन दिँदै आयोगले भनेको छ- ‘संविधानप्रति अनास्था फैलाउने र संविधान परिवर्तन सम्बन्धमा कुनैपनि अभिव्यक्ति नदिन आयोग निर्देश गर्दछ ।

यस्तै सामाजिक आर्थिक संरचना तथा रक्षा र सुरक्षा मामिलामा कुनैपनि विभाजित अभिव्यक्ति नदिन आयोग कंग्रेसका अध्यक्ष तथा चुनावी अभियन्ताहरुलाइ सचेत गराउँदछ ।’

भाजपाले आयोगमा कंग्रेसका नेता राहुलले मोदी सत्तामा आए संविधान विपरीत अघि बढ्ने र उनले आफ्नो स्वार्थ पुराका लागि अग्निविर अन्तर्गत छुट्टै सैन्य संरचना निर्माण गरेको अभिव्यक्तिवरूद्ध उजुरी दिएको थियो ।

भारतमा ५ सय ४३ सदस्य चयनका लागि लोकसभा चुनाव भइरहेको छ । १९ अप्रिलदेखि हालसम्म ५ चरणमा मतदान भइसकेको छ । भारतीय निर्वाचन आयोगले सात चरणमा निर्वाचन सक्ने कार्यतालिका बनाएको थियो । जसअन्तर्गत जुन १ सम्म चुनाव हुने र ४ जुनमा सबै नतिजा सार्वजनिक गर्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?