+
+
Shares

दलको संख्या १२४, थप १७ वटा दर्ता हुँदै

सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिने दलको संख्या १७ पुगेको छ र सबै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ।
  • दर्ता भएका दलको संख्या १२४ रहेको छ र नयाँ दल दर्ता भए संख्या अझ बढ्नेछ।
  • जनमत पार्टी र नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दलहरू दर्ता भएका छन् र केही दलको चुनाव चिन्ह फेर्न आयोगले आग्रह गरेको छ।

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।

सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।

यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।

दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन् ।

कुनै दलले प्रस्ताव गरेको चुनाव चिन्ह फेर्न आयोगले भनेको छ ।

राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । आयोगले यो चुनाव चिन्ह फेर्न आग्रह गरेको छ ।

राष्ट्रिय परिवर्तन पार्टी दल दर्ताको प्रक्रियामा छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको छ ।

नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।

यसअगाडि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।

श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् । गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन् ।

सबै दलको विवरण हर्ने काम भइराखेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?