+
+
Shares

बानेश्वर भेलामा उठे नयाँ र वैकल्पिक शक्ति जोड्ने तीन विकल्प

अब कसरी जाने ? यो प्रश्नको वरिपरि अधिकांश सहभागी थिए । तर, ठोस निष्कर्ष भने निस्किएको छैन । फेरि छिट्टै औपचारिक रूपमै भेट्ने र त्यसबेला ठोस रूपमा आगामी रोडम्याप प्रस्तुत गर्ने उनीहरूको संकल्प छ । यसका लागि अनौपचारिक संवादमा भने निरन्तर रहेका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ कात्तिक २ गते १९:२३

२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ र वैकल्पिक शक्तिहरू एकीकृत हुनका लागि अनौपचारिक परामर्शमा जुटेका छन् । अनौपचारिक छलफलमा रहेका उनीहरू औपचारिक रूपमा समेत भेटघाटमा देखिन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठसहित शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा औपचारिक रूपमै विभिन्न दलमा भएका व्यक्तिहरू, कलाकार र स्वतन्त्र व्यक्तिहरूको भेला भयो ।

जहाँ श्रेष्ठ, मीनबहादुर भाम, पुकार बम, रेशु अर्याल, गणेश कार्की, सागर ढकाल, निश्चल बस्नेत, मिलन पाण्डे, रञ्जु दर्शना लगायत थिए ।

छलफलमा सहभागी भएकाहरूका अनुसार ‘कुनै न कुनै ढंगले नयाँ र वैकल्पिक शक्तिहरू एकीकृत हुनुपर्छ आवाज उठिरहेका बेला सबै जना एक ठाउँमा बस्ने चाँजोपाँजो मिलाएका थिए ।

उक्त छलफलमा औपचारिक एजेण्डा प्रस्तुत गरिएन, आयोजक को भन्ने पनि रहेन ।  सहभागीहरूले जेनजी आन्दोलनको पृष्ठभूमि र कारण खोतले । नेपालमा वैकल्पिक शक्ति निर्माणका लागि विगतमा भएका अभ्यास र असफलताका पाटा र पक्षहरू केलाए ।

अब कसरी जाने ? यो प्रश्नको वरिपरि अधिकांश सहभागी थिए । तर, ठोस निष्कर्ष भने निस्किएको छैन । फेरि छिट्टै औपचारिक रूपमै भेट्ने र त्यसबेला ठोस रूपमा आगामी रोडम्याप प्रस्तुत गर्ने उनीहरूको संकल्प छ । यसका लागि अनौपचारिक संवादमा भने निरन्तर रहेका छन् ।

नयाँ बानेश्वरको उक्त भेलामा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की नै थिए । उनले जेनजी र वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिए ।

अनौपचारिक संवादमा रहेका उनीहरू नयाँ र वैकल्पिक शक्ति एकीकृत हुनुपर्ने कारण जनतालाई बुझाउने गरी कसरी प्रस्तुत हुने भन्ने ध्याउन्नमा छन् ।

आगामी चुनावबाट निर्वाचित हुनेहरूमा नयाँ पुस्ताको स्पष्ट बहुमत आउने राजनीतिक र प्राविधिक आधार तयार गर्न एकीकृत हुनुपर्ने भाष्य स्थापित गर्ने उनीहरूको प्रयास छ । पुरानै शक्ति दोहोरिए परिवर्तन संस्थागत नहुने र जेनजी आन्दोलन बदनाम हुन सक्ने व्याख्या गर्दैछन् ।

नयाँबानेश्वरको भेलाले ठोस निर्णय नलिएतापनि कसरी जान सकिन्छ भनेर आधार तयार पार्न भने भूमिका खेलेको छ । जहाँ आगामी यात्राबारे विभिन्न विकल्पहरू प्रस्तुत भएका छन् ।

विकल्प १ : रास्वपाको नेतृत्वमा एकीकृत हुन सकिन्छ ?

पुराना बाहेक दलका परिवर्तन चाहनेहरूको वैकल्पिक धारहरूको छलफलमा घुमाउरो रूपमा कतिपयले रास्वपाको वरिपरि अन्य दल र शक्ति एकीकृत हुने प्रस्ताव राखे । कतिपयले हाल रास्वपामा रहेको नेतृत्वका कारणले वैकल्पिक शक्तिले सोचे जस्तो शक्ति आर्जन गर्न सक्दैन कि भन्ने भय प्रकट गरे ।

छलफलमा सहभागी एक भन्छन्, ‘रास्वपाको अहिलेको बनिबनाउ संरचनामै समेटिन जाँदा रवि लामिछानेमाथि लागेका आरोप समेत बोकेर जानुपर्ने हुन्छ । त्यसले शक्ति आर्जनमा अवरोध गर्छ कि गर्दैन ! यो संशय व्यक्त भएको छ ।’

नयाँ बानेश्वरको उक्त भेलामा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की नै थिए । उनले जेनजी र वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिए ।

‘अहिले जेनजी भनेर जति उत्साहित छौं । पहिले एक समय विवेकशील भन्दा त्यस्तै थियो, रास्वपा भन्दा उस्तै थियो । नयाँ शक्ति भनेर डा.बाबुराम भट्टराई अगाडि बढ्दा त्यस्तै देखिन्थ्यो,’ कार्कीले भने, ‘विगतका सबै प्रयासमा उत्साह आयो, तर सबै शक्ति एकै ठाउँमा समेटिन सकेन । परिणाममा उत्साह शक्तिमा परिणत हुन सकेन ।’

विगतको अभ्यासबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने उनको आग्रह छ, ‘एकले अर्काको अस्तित्व नस्वीकार्दा विगतमा वैकल्पिक शक्तिहरू एकै ठाउँमा नसमेटिएको हो । यसबाट पाठ सिकेर अब अगाडि बढ्न सक्नुपर्छ ।’

नेता कार्कीका अनुसार नेपालमा जस्तै जेनजी आन्दोलन अन्य देशमा समेत भएका छन् ।

तत्कालीन सरकार बदलेपछिको प्रक्रियामा अलमल भएका उदाहरण अन्य देशका छन् । श्रीलंका, बंगलादेश, इराकको उदाहरण दिँदै नेता कार्कीले भनेका छन्, ‘हामीले नयाँ चाहेका हौं । यसकारण लोभ, लाच र पद छाडेर एकीकृत हुनुपर्छ ।’

उक्त भेलामा रास्वपाका अर्का नेता पुकार बम पनि थिए । नेता बमले पनि सबै नयाँ शक्तिहरूका बीचमा सहकार्यको आवश्यकता औंल्याए । सहकार्यका लागि पद छोड्न पर्छ भने त्यसका लागि सबै तयार हुनुपर्ने उनको आग्रह छ । यो विषय रास्वपा र अन्य शक्तिको हकमा पनि लागू हुनुपर्छ ।

विकल्प २ : विवेकशील साझामा गोलबद्ध हुने कि ?

विवेकशील साझा पार्टीमा गोलबन्ध हुने कि भन्ने विकल्प पनि प्रस्तुत भएको छ ।  विवेकशील साझा पार्टी विगतदेखि नै नयाँ र वैकल्पिक शक्तिका लागि संघर्षरत छ । यो दल सबै अट्ने साझा मञ्च बन्न सक्ने राय कतिपयले राखेका हुन् । विवेकशील साझा पार्टी समीक्षा बास्कोटाले हाँकिरहेकी छन् ।

विकेकशील साझा पार्टी वैकल्पिक शक्ति भन्दै गठन भएका तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दल मिलेर बनेको पार्टी हो । विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापा हुन् । उनी दिवंगत भइसके । साझा पार्टीको गठनको पहल पूर्वपत्रकार रवीन्द्र मिश्रले गरेका हुन् । मिश्र हाल राजा ल्याउने अभियान अन्तर्गत राप्रपामा सक्रिय छन् ।

भेलामा सहभागीहरू सबै एकजुट हुन तयार देखिए । तर, कसरी ? यसबारे एउटै निचोडमा नपुगेता पनि समीक्षा भएको छ ।

नयाँ बानेश्वरको भेलामा साझा विवेकशीलका नेता मिलन पाण्डे थिए । भेलामा पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य साझा विवेकशीलले स्थापित गरेको सुनाए । तर, साझा विवेकशीललाई राजनीतिक शक्ति आर्जन गर्नमा भने सकस परिराखेको छ ।

पाण्डेले साझा विवेकशीलमै गोलबन्ध हुनका लागि औपचारिक प्रस्ताव त गरेनन् । कसरी हुन्छ नयाँ र वैकल्पिक सबै शक्तिहरू एक हुनुपर्छ भन्नेमा स्पष्ट रुपमा प्रस्तुत भए ।

उनले भेलामा राखेअनुसार साझा विवेकशीलले गर्न खोजेको कुरा नै अहिले जेनजीले गर्न खोजेको काम हो । विगतमा भएका प्रयास सकारात्मक छन्, तर ती भत्किएको भन्दै उनले जेनजी आन्दोलनपछि फेरि एउटा अवसर आएको बताएका हुन् । उनले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्तिहरू एकीकृत भएर जानुको विकल्प छैन ।’

विवेकशील साझाकै रञ्जु दर्शना पनि भेलामा थिइन् ।

विकल्प ३ :  नयाँ दल बनाउने कि ?

नयाँ र वैकल्पिक शक्तिका लागि प्रयासरत दलहरू समेत सम्मिलित भएर नयाँ दल दर्ता गरे के हुन्छ भन्ने कोणबाट पनि छलफल भएको छ । यसो गर्दा कुलमान घिसिङ, बालेन शाह लगायतका व्यक्तिहरूलाई समेट्न सकिने कतिपयको विश्वास छ । यस्तो सुझाव कलाकार र स्वतन्त्र व्यक्तिहरूको तर्फबाट प्रस्तुत भएको छ ।

भेलामा कलाकार मीनबहादुर भाम, निश्चल बस्नेत लगायत थिए । बस्नेतले नेपालमा पुराना शक्तिको विकल्प खोज्न थालेको दशक बितेको पृष्ठभूमि राखे ।  पुरानो शक्तिको छत्रछायामा रहेको राज्य संयन्त्रबाट जुनसुकै पेशा व्यवसायमा रहेकाहरू वाक्क दिक्क रहेको बताए ।

सबैले नयाँ शक्ति खोजिरहेको र यही नै जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको निष्कर्ष सुनाए सुनाउँदै उनले फेरि पनि नयाँ र वैकल्पिक शक्ति विभाजित भइराख्ने हो भने धेरै नेपालीले नेपालमा भविष्य देख्न गाह्रो हुने बताए । युवाहरूमा नैराश्यता बढ्दै गए त्यसले कालान्तरमा राष्ट्रियता खतरामा पर्ने भन्दै उनले वैकल्पिक शक्तिको अपरिहार्यता औंल्याए ।

कलाकारहरूले अब बन्ने नयाँ दल वा शक्तिमा कुलमान घिसिङ अट्नुपर्छ, बालेन शाह अट्नुपर्छ भनेका थिए । उनीहरुले जेनजी आन्दोलनका अगुवाहरू अट्नुपर्ने, यसका निम्ति के गर्दा उपयुक्त हुन्छ र त्यही गर्नुपर्ने बताए । चुनाव नजिकिँदो रहेकाले दल दर्ता गर्ने समय कम छ भन्ने चिन्ता पनि त्यहाँ प्रकट भएको थियो ।

निर्वाचन आयोगले यसअघि आगामी फागुन २१ का लागि तय भएको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । नयाँ दल दर्ताको समय यही कात्तिक ३० गतेसम्म मात्रै छ । निर्वाचन प्रयोजनको लागि दल दर्ताको कार्यक्रम भने आगामी मंसिर १ गतेदेखि १० गतेसम्म रहेको छ ।

साझा शत्रु – पुराना शक्ति र भ्रष्टाचार

भेलामा सहभागीहरू सबै एकजुट हुन तयार देखिए । तर, कसरी ? यसबारे एउटै निचोडमा नपुगेता पनि समीक्षा भएको छ ।

छलफलको पहलकदमी लिएकी सुमना श्रेष्ठले लामो सम्बोधन गरिनन् । नयाँ शक्तिहरू एक ठाउँमा आउनैपर्ने अन्यथा, मुलुकले नयाँ दिशा र नयाँ गति लिन नसक्ने र मुलुक विगतकै जस्तो गोलचक्करमा फसिरहने बताइन् ।

सुमना यसअघि रास्वपाबाट प्रतिनिधि सभा सदस्य थिइन् । उनी केही समय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पनि भइन् ।

जेनजी आन्दोलनपछि नयाँ सरकार आएता पनि राज्यका संयन्त्रहरूमा पुरानै शक्तिको दबदबा रहेको र पूरानो शक्तिले नयाँ शक्तिलाई राज्यका संयन्त्रहरूमार्फत् समेत अवरोध गर्न सक्ने अनुभव सुनाइन् । राज्यका विभिन्न निकायमा पुरानै शक्तिले पुर्‍याएका पात्र भएकाले सुझबुझपूर्ण ढंगले कदमहरू चाल्न आवश्यक रहेको बताइन् ।

भेलामा सहभागी अर्का एक जनाले तीन वटा विषय बोध गरे नयाँ र वैकल्पिक शक्ति एक हुन सक्ने सुझाए ।

‘हाम्रा लक्ष्यहरू फरक हुन सक्छ । सिद्धान्त फरक हुन सक्छ । तर, साझा शत्रु एकै हुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार अन्त्य र सुशासन स्थापना साझा चाहना हो ।  यसकारण साझा शत्रु भनेका भ्रष्टाचार र पुरानो शक्ति हुन् । यो तीन कुरा बोध गरौं र अगाडि बढौं ।’

भेलामा सहभागी अधिकांशले नेपाली राजनीतिमा रहेको पात्रगत र प्रवृतिगत समस्याको जड भ्रष्टाचार र पुरानो शक्ति भएको निष्कर्ष सुनाए ।

भ्रष्टाचार र राजनीति एक अर्कोको परिपूरक जस्तो हुन पुगेकोले भ्रष्टाचार र राजनीतिको सम्बन्ध तोड्न पुराना शक्ति परास्त हुनुपर्ने साझा लक्ष्य अनौपचारिक रूपमै तय गरे ।

कलाकार मीनबहादुर भामले पुराना शक्तिमा रहेका क्षमतावान व्यक्तिहरूको साथ लिन सक्नुपर्नेमा जोड दिए ।

भेलामा सहभागी जसले बोले अधिकांशले नेपाली राजनीतिमा रहेको पात्रगत र प्रवृतिगत समस्याको जड भ्रष्टाचार र पुरानो शक्ति भएको निष्कर्ष सुनाए ।

असन्तुष्ट र क्षमतावान व्यक्तिको साथ लिएर पुराना दलको शक्ति परास्त पार्न सकिने उनको विश्वास छ । भामले झेलामा भनेअनुसार पुराना पार्टीमा नयाँ व्यक्तिलाई दिक्क हुने स्थिति छ । पार्टीमा काम गर्ने एउटा अवसर पाउने अर्को छ । यस्तो स्थितिमा उनीहरूको साथ लिन सकिन्छ ।

रुपन्देहीका किरण विकका अनुसार सीमान्तकृत समुदायको राज्यप्रति अपनत्व अझै स्थापित हुन सकेको छैन । यसको कारण पुरानो शक्ति भएकाले यसलाई ख्याल गर्दा जनताको साथ नयाँ र वैकल्पिक शक्ति थप सशक्त बन्न सक्दछ ।

‘समावेशितालाई ख्याल गरौं’, उनले भनेका छन्, ‘हाम्रोमा समानुपातिक समावेशीको कुरा भयो । तर, सम्मानित रूपमा राज्य संयन्त्रमा दलितहरूको उपस्थित हुन सकेको छैन ।’

भेलामा सहभागीहरू सबै एकजुट हुन तयार देखिए । तर, कसरी ? यसबारे एउटै निचोडमा नपुगेता पनि समीक्षा भएको छ ।

जेनजी आन्दोलनपछि नयाँ सरकार आएता पनि राज्यका संयन्त्रहरूमा पुरानै शक्तिको दबदबा रहेको र पुरानो शक्तिले नयाँ शक्तिलाई राज्यका संयन्त्रहरूमार्फत् समेत अवरोध गर्न सक्ने अनुभव सुमना श्रेष्ठले सुनाइन् । राज्यका विभिन्न निकायमा पुरानै शक्तिले पुर्‍याएका पात्र भएकाले सुझबुझपूर्ण ढंगले कदमहरू चाल्न आवश्यक रहेको बताइन् ।

भेलामा सहभागी अर्का एक जनाले तीन वटा विषयबोध गरे नयाँ र वैकल्पिक शक्ति एक हुन सक्ने सुझाए ।

‘हाम्रा लक्ष्यहरू फरक हुन सक्छ । सिद्धान्त फरक हुन सक्छ । तर, साझा शत्रु एकै हुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार अन्त्य र सुशासन स्थापना साझा चाहना हो ।  यसकारण साझा शत्रु भनेका भ्रष्टाचार र पुरानो शक्ति हुन् । यो तीन कुरा बोध गरौं र अगाडि बढौं ।’

भेलामा सहभागी जसले बोले अधिकांशले नेपाली राजनीतिमा रहेको पात्रगत र प्रवृतिगत समस्याको जड भ्रष्टाचार र पुरानो शक्ति भएको निष्कर्ष सुनाए ।

भ्रष्टाचार र राजनीति एक अर्कोको परिपुरक जस्तो हुन पुगेकोले भ्रष्टाचार र राजनीतिको सम्बन्ध तोड्न पुराना शक्ति परास्त हुनुपर्ने साझा लक्ष्य अनौपचारिक रूपमै तय गरे ।

कलाकार मीनबहादुर भामले पुराना शक्तिमा रहेका क्षमतावान व्यक्तिहरूको साथ लिन सक्नुपर्नेमा जोड दिए ।

असन्तुष्ट र क्षमतावान व्यक्तिको साथ लिएर पुराना दलको शक्ति परास्त पार्न सकिने उनको विश्वास छ । भामले झेलामा भनेअनुसार पुराना पार्टीमा नयाँ व्यक्तिलाई दिक्क हुने स्थिति छ । पार्टीमा काम गर्ने एउटा अवसर पाउने अर्को छ । यस्तो स्थितिमा उनीहरूको साथ लिन सकिन्छ ।

रुपन्देहीका किरण विकका अनुसार सिमान्तकृत समुदायको राज्यप्रति अपनत्व अझै स्थापित हुन सकेको छैन । यसको कारण पुरानो शक्ति भएकाले यसलाई ख्याल गर्दा जनताको साथ नयाँ र वैकल्पिक शक्ति थप सशक्त बन्न सक्दछ ।

‘समावेशितालाई ख्याल गरौं,’ उनले भनेका छन्, ‘हाम्रोमा समानुपातिक समावेशीको कुरा भयो । तर, सम्मानित रूपमा राज्य संयन्त्रमा दलितहरूको उपस्थित हुन सकेको छैन ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?