+
+
Shares

बुद्ध एयरका मालिकसहितले खोले नयाँ दल , निर्वाचन आयोगमा निवेदन

आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ जसको अध्यक्ष समाजशास्त्री दिनेश प्रसाईं छन्।
  • पार्टीको महासचिव पियुषप्रसाद कायस्थ र सदस्यमा व्यवसायी वीरेन्द्रबहादुर बस्नेत रहेका छन्।
  • पार्टीले विरोध र पेशागत राजनीतिबाट मुक्त सोचयुक्त, सिर्जनशील, ईमानदार र त्यागको राजनीति गर्न आह्वान गरेको छ।

३० असोज, काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’  दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने सदस्य छन् ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।

‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून्’ पार्टीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?