Comments Add Comment

हिरो-हिरोइनको बोलचाल बन्द हुँदा निर्देशकलाई आपत

रिस्ता बस्नेत र सलोन ।
रिस्ता बस्नेत र सलोन ।

काठमाडौ । चलचित्रका नायक सलोन बस्नेत र नायिका रिस्ता बस्नेतको बोलचाल बन्द हुँदा ‘एउटा साथी’का निर्देशक लक्षमण सुवेदी तनाबमा छन् ।
आउँदो शुक्रवारदेखि फिल्म प्रदर्शनको तयारीमा छ । तर, लक्षमणले अहिलेसम्म हिरो-हिरोइनलाई लिएर फिल्मको प्रचार कार्यक्रममा सहभागी हुन सकेका छैनन् ।
‘नायक-नायिका आए भने ठिकै छ, आएनन् भने पनि आफ्नै स्टाइलले प्रचार गर्छु’ निर्देशक सुवेदीले भने-‘उनीहरु नआए पनि मलाइ अप्ठयारो पर्दैन ।’
सलोनको सम्बन्ध रिस्तासँग मात्रै नभएर निर्देशक सुवेदीसँग पनि राम्रो छैन पछिल्लो समय । फिल्म प्रदर्शनको तिथि नजिकिए पनि वास्तै नगरी सुटिङका लागि लम्जुङको घले गाउँ पुगेका सलोन अझै एकसाता उतै अल्मलिने भएका छन् ।
सलोन, रिस्ता, अनु शाह, नारायण पुरी, करिष्मा श्रेष्ठ, शिरिस भण्डारी, जोन तामाङ आदिको अभिनय रहेको यस फिल्मको सुटिङ पुरा हुनै छ महिना लागेको थियो ।
यसरि बिग्रियो सम्बन्ध
सुटिङ सुरु हुँदा नायक, नायिका र निर्देशकविच निकै राम्रो थियो सम्बन्ध । लक्षमणको पहिलो फिल्म थियो भने सलोन र रिस्ताको दोस्रो । ‘एउटा साथी’मा काम गर्दा गर्दै सलोन र रिस्तालाई अर्को फिल्म ‘आधापेज’ वाट प्रस्ताब आयो र निर्देशकलाई जानकारी नै नदिइ सुटुक्क सुटिङमा गए ।
आफुलाई जानकारी नदिइ अर्को फिल्ममा गएपछि रिसाएका लक्ष्मणले जे हुनु भैहाल्यो तर, मिलेर काम गरौं भन्ने प्रस्ताब राखेका थिए । तर, उनको प्रस्ताबलाई पनि सलोन र रिस्ताले खासै मानेेनन् । उल्टै रिस्ता र सलोनविच झगडा भयो सुटिङकै विषयमा ।
त्यो बेलामा बोलचाल बन्द भएपछि सलोन र रिस्ताले संगै फिल्ममा काम नगर्ने भन्दै आएका छन् भने अन्य निर्माताले पनि उनीहरुलाई अभिनय गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment