+
+

रणबीर भन्छन- ‘म त कण्डम बेच्न आएको’

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते ९:१६

ranveer-singh-condomadमुम्बइ । अभिनेता रणबीर सिंहले अन्य कलाकारले भन्दा आफुले फरक काम गर्ने दाबी गरेका छन् । ‘म केही नयाँ काम गर्न चाहन्छु जुन काम अरुले गरेका छैनन् ।’
कण्डोमको विज्ञापन आफ्नो इच्छाअनुसार भएको दाबी गर्ने सिंह भन्छन ‘कोही हिरो बाइक बेच्दैछन्, कोही सेम्पु बेच्दैछन् भने कण्डोम जस्तो जरुरी चिज किन नबेच्ने ?’ उनले यो पनि भने ‘कम्पनीले मलाइ कण्डोमको विज्ञापन गर्न बोलाएको होइन, म आफैं गएको हुँ ।’
आउनेवाला फिल्म ‘किल दिल’को प्रमोशनको सिलसिलामा आयोजित कार्यक्रममा उनले कण्डोम विज्ञापन सुटिङ सकिएपछि केही दिन तनाबमा परेको पनि खुलाए । ‘कण्डोमको कुरा गर्दै टिभीमा देखिएपछि मान्छेहरुले अस्वीकार गर्ने पो हो कि डर लाग्यो ।’ उनले भने ।
कण्डमको विज्ञापनले आफ्नो करिअरमा नकारात्मक असर गरे जस्तो लाग्दैन उनलाई । पछिल्लो समय आम भारतीय पुरुषले कण्डोम प्रयोग गर्ने भएकाले पनि आफ्नो करिअर धरापमा नपरेको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?