Comments Add Comment

आइएमएसको झण्डा माउन्ट कोशियोज्कोमा फहराउने

IMS-samsung
२१ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय किर्तिमानधारी पर्वतारोही एवं लामो दुरीका अल्ट्रा म्याराथन धावक सञ्जय पण्डितलाई आइएमएसले ब्राण्ड प्रायोजक गर्ने भएको छ ।

सातै महादेशका सातै सर्वोच्च शिखर आरोहण गर्ने सिलसिलामा रहेका पण्डितले यहि कार्तिक २८ गते देखि अष्ट्रेलियाकै सर्वोच्च शिखर माउण्ट कोशियोज्को आरोहणको तयारीमा रहेका छन् ।

आइएमएसले उनको अष्ट्रेलिया महादेशिय आरोहणको सम्पुर्ण ट्राभल सम्बन्धी प्रायोजक गरेको छ । कम्पनीका प्रमुख दीपक मल्होत्राले एउटा नेपालीले विश्वका सवै सर्वोच्च हिमालहरुको आरोहण गर्ने किर्तिमान रच्ने कार्यको सम्मान गर्दै उनलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको हात अगाडी बढाएको बताए ।

उनलाई आइएमएस अंकित झण्डा अष्टे्रलियाको सर्वोच्च शिखर माउण्ट कोशियोज्कामा फरफराउन हस्तान्तरण गरिएको छ । आइएमएसका अध्यक्ष दिकेस मल्होत्राले पण्डितको आरोहणसँगै आइएमएसले पनि उच्च शिखरको यात्रा तय गरी इतिहास बनाउने बताए ।

पण्डितले उल्टो हिडेर सफतापुर्वक आरोहण गर्ने कुरामा आफु विस्वस्त रहेको उनको भनाई थियो । उनले यसअघि एशियाको सर्वाेच्च शिखर सगरमाथा, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो तथा युरोपको सर्वोच्च हिमशिखर एल्ब्रुसमा आफ्नो पाइला टेकीसकेका छन ।

पण्डितले युरोपको शिखरमा ६ मिनेट ३ सेकेन्ड अर्ध नाग्गिएर अन्तराष्ट्रिय किर्तिमान रचिसकेका छन भने अफ्रिकाको शिखरमा ६ घण्टा १३ मिनेटमा दक्षिण एशियाबाट तीव्र गतिका आरोहीका रुपमा किर्तिमान रचिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment