Comments Add Comment

आर्थिक विकासको बाटोलाई संविधानले रोक्दैन : अर्थमन्त्री

२२ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आर्थिक विकासबाट नै देशको समग्र विकासमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको बाटो कुनै पनि बहानामा रोक्न नहुने बताएका छन् ।

शनिबार आयोजित कार्यक्रममा उनले संविधान आउँला र आर्थिक विकास गरौँला भन्ने पछौटे सोचमा लाग्न नहुने र राजनीतिक विवादमा सबै क्षेत्र रोकिन नहुने बताए । उनले भने-कडा परिश्रम नगरीकन देशको विकास हुन सक्दैन, त्यसैले सबै क्षेत्रले सकारात्मक सोच बनाएर आर्थिक विकासमा लाग्नुपर्छ र सरकार र निजी क्षेत्रले आर्थिक विकासमा ठूलो लगानी गर्नुपर्छ ।’

अर्थमन्त्री डा महतले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई उपलब्धिका रूपमा लिँदै निकासको बाटो खोज्न ढिलाइ गर्न नहुने बताए ।

सभासद्द्वय बहादुरसिंह तामाङ र हरिचरण साहले आर्थिक विकासका लागि पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिँदै सहमतिको प्रयासबाट नभए प्रक्रियाबाटै भए पनि निर्धारित समयमा संविधान ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठले आर्थिक विकासलाई निरन्तर रूपमा अगाडि बढाउनका लागि राजनीतिक स्थिरता आवश्यक भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment