Comments Add Comment

सन्चो भएलगत्तै डा. भट्टराई राजनीतिक परामर्शमा व्यस्त

फाइल फाेटाे
फाइल फाेटाे

२४ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले स्वास्थ्यमा सुधार आएलगत्तै राजनीतिक परामर्शलाई तिब्रता दिएका छन् ।

टाइफाइडका कारण उनले केही दिन आराम लिएका थिए ।

सभापति भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सोमबार विहान टेलिफोन गरी राजनीतिक परामर्श गरेका छन् ।

सहमतिमै अघि बढ्न दलका नेताहरुलाई भट्टराईले आग्रह गरे । प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई सहमतिको निम्ति आफू वाधक होइन साधक बन्ने भट्टराईले स्पष्ट पारेका थिए ।

यसैगरी संविधानसभा अध्यक्ष नेम्वाङलाई सहमतिको मिलनविन्दु खोज्न पहल गर्न भट्टराईले आग्रह गरेका थिए ।

केही दिनदेखि स्थगित संवाद समितिको बैठक बोलाउने विषयमा पनि सभापति भट्टराईले कुराकानी गरेको उनको निजी सचिवालयले जनाएको छ ।

उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार बेलुकी आफ्नै निवास सानेपामा भेटवार्ता गरेका थिए ।

मंगलबार संवाद समितिको बैठक

सभापति भट्टराई सोमबार दिनभर अनौपचारिक परामर्शमा व्यस्त हुने छन् । दिनभरको अनौपचारिक परामर्शका आधारमा मंगलबार संवाद समितिको बैठक बोलाइने सभापति भट्टराईको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले संवाद समितिको बैठक नबसालेको भन्दै असन्तुष्टि जनाउदै आएका थिए । संवाद समितिमा पेश भएको ७ प्रदेशको प्रस्ताव संविधानसभामा पठाउन कांग्रेस-एमालेले दवाव दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment