Comments Add Comment

निगमको सानो जहाजले मंसिर ४ देखि व्यवसायीक उडान गर्ने

Nepal Air y-12 (1)

२५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको ‘वाई १२ ई’ जहाजले मंसीर ४ गतेदेखि व्यावसायिक उडान सुरु गर्ने भएको छ । निगमले गत कार्तिक १७ गते उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गराएको थियो ।

निगमले १९ सीट क्षमताको उक्त जहाज मंसिर ४ गतेदेखि व्यवसायीक रुपमा उडाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । जहाजलाई व्यावसायिक उडानमा लगाउन विभिन्न प्राविधिक एवं प्रशासनिक प्रक्रियाहरु मंसिर २ गतेसम्म पुरा गर्ने लक्ष्य राखेको छ ।

जहाज उडाउने पाइलटहरुको टाइपरेटिङ, क्याविन क्रूको टाइपरेटिङ प्रक्रिया कार्त्तिक २७ गतेसम्म पुरा हुने निगमले बताएको छ । संकटकालिन उद्धार प्रदर्शन लगायत अन्य परीक्षण उडान कार्त्तिक ३० गते सम्ममा सम्पन्न गरिने भएको छ ।

मंसीर १ गते नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन दिने र अनुमति प्राप्त हुनासाथ मंसिर ४ गतेबाट व्यावसायिक उडान थाल्ने निगमलृ जनाएको छ ।

व्यावसायिक उडान गर्नुभन्दा अगाडीको परीक्षण उडान काठमाडौं-तुम्लिङ्गटार-जनकपुर-सिमरा-भरतपुर-पोखरामा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment