Comments Add Comment

बुधवारका छापामा मुख्य खबर

राजधानीबाट बुधवार प्रकाशित दैनिक पत्रिकाहरुले एमाओवादी अध्यक्ष प्रचण्डले युद्धको चेतावनी दिएको तथा संवैधानिक राजनीतिक संवाद सहमति समितिबारेको बहसलाई प्रथमिकताका साथ खबर छापेका छन् ।

अन्नपूर्ण पोष्टले युद्धको चेतावनी, नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने चेतावनी, अझै सकिएन सार्कको टालटुल, प्रक्रियामा जान पनि सहमतिलगायतका खबर छापेको छ ।

नागरिक दैनिकले दाहाल हिडेपछि भट्टराईलाई दबाब, नीति नबनाई सम्बन्धन नदेउ, सार्वजनिक बसका छत हटाउादै प्रहरीलगायतका खबर छापेको छ ।

नयाँ पत्रिकामा दुई करोड भ्रष्टाचार मुद्दामा साधारण तारेख, ओली नेपालको नजर पोलिटब्युरोमा, प्रचण्ड युद्धकालिन हेडक्वाटरमा, वैद्य र विप्लव आ-आफ्नै बाटोमालगायतका खबर छन् ।

राजधानी दैनिकमा संयन्त्र बनाउने प्रस्ताव अस्वीकार, मधेसवादी दललाई सरकारमा ल्याउान पहल, सार्कमा उपत्यकामा दुई दिन बिदा, समितिबाट राजिनामा दिन भट्टराईलाई दाहालको सुझावलगायतका खबर छन् ।

गोरखापत्रमा सहमति गर्न शीर्ष नेताको संयन्त्र बनाउन प्रस्ताव, सरल निर्वाचन प्रणाली अपनाउन सुझाव, निजी लगानी प्रोत्साहित गर्न सवै अवरोध हटाउने प्रतिवद्धतालगायतका खबर छन् ।

annapurna gorkhapatra nagarik nayapatrika rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment