Comments Add Comment

रोल्पा बसाइ छोट्याएर प्रचण्ड काठमाडौं फर्किदै

फाइल फोटो
फाइल फोटो

२७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रोल्पा भ्रमण छोट्याएर आज काठमाडौं फर्कँदैछन् ।

बुधबार प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमेतले काठमाडौं आउन आग्रह गरेपछि प्रचण्डले रोल्पा भ्रमण छोट्याउन लागेका हुन् ।

‘प्रधानमन्त्री र सभामुख समेतको आग्रहमा उहाँ फर्कन लाग्नु भएको हो’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले अनलाइनखबरसँग भने–‘साँझसम्म काठमाडौं आइपुग्नुहुन्छ ।’

दलहरुबीच छलफल गर्नु पर्ने बेला प्रचण्ड रोल्पा गएको भन्दै सत्तारुढ दलहरुले आलोचना गरेका थिए । माओवादी नेता समेत रहेका सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले समेत असन्तुष्टि जनाएका थिए ।

चार दिनअघि रोल्पायात्रामा निस्किएका प्रचण्ड बिहीबार माडीचौरमा छन् । माडीचौरमा जनतासँग अन्तरक्रिया र दिउँसो पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रचण्डको काठमाडौं आउन समय लाग्ने भएकाले बिहीबार नै शीर्ष वैठक बस्ने सम्भावना भने न्यून छ ।

शुक्रबार सम्वाद समितिको बैठक बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment