Comments Add Comment

संविधान नबनेसम्म सरकारमा नजाने मधेसवादी दलहरुको निर्णय

२७ कात्तिक, काठमाडौं । संविधानसभामा रहेका प्रमुख मधेस केन्द्रीत दलहरुले संविधान नबनेेम्म सरकारमा नजाने बताएका छन् ।

बिहीबार बसेको ६ मधेसवादी दलको बैठकले सरकारमा जाने चर्चालाई अस्वीकार गरेको हो । ‘संविधान नबनेसम्म सरकारमा जाने काम हुँदैन’ बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनलाइनखबरसँग भने ।

सत्तारुढ दलका नेताहरुले पछिल्ला दिनहरुमा मधेसी दलहरुलाई सरकारमा ल्याउने दावी गर्दै आएका थिए ।

बैठकले संविधानसभामा सडकमा मधेसका मुद्धालाई अझ प्रभावकारी बनाउन मधेसी मोर्चालाई पुनगर्ठन सहित पुनर्जीवित गर्ने निर्णय गरेको छ । ‘यसको अवधारणाबारे केही दिनमा फेरि छलफल हुन्छ तर, मधेसका सबै दललाई समेटेर मोर्चा बन्छ’ महतोले भने ।

मधेसी मोर्चामा हाल छ दल मात्र छन् । अब अनिल झा नेतृत्वको संघीय सद्भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई पनि समेट्ने तयारी छ ।

सद्भावना अध्यक्ष महतोले मधेसी मोर्चा बनेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चा अझ बलियो हुने बताए । उनले भने-‘यो ताकतले २२ दलीय मोर्चा अझ बलियो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment