Comments Add Comment

आज दलहरुबीच उच्चस्तरीय छलफल

फाइल तस्वीर
फाइल तस्वीर

३० कात्तिक, काठमाडौ । संविधानसभामा भएको विवाद समाधानको पहल स्वरुप आइतबार प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

संवैधानिक राजनीतिक सहमति समितिका सभापति तथा एमाओवादी नेता डा.बाबुराम भट्टराईले सहमति निर्माणका लागि तीन दिनको समय पाएपछि शीर्ष नेताहरुलाई छलफलमा जुटाउन लागेका हुन् ।

नेता भट्टराईकै सक्रियतामा आइतवार प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । सहमतिका लागि पटकपटक गरिएको प्रयास निरर्थक बन्दै गएपछि पुनः आइतवार छलफल गरी संविधानको अन्तरवस्तुमा सहमति जुटाउने पहल गर्न लागिएको नेताहरुले बताएका छन् ।

सहमतिको प्रयास स्वरुप भट्टराईले नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच छलफल गरेपछि आइतवार नै नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुसँग छलफल गर्नेछन् । एमाले र एमाओवादीका शीर्ष नेतासँगको छलफलको समय तय भइसकेको भए पनि कांग्रेसको शीर्ष नेतासँगको छलफलको समय भने तय भइनसकेको बताएको छ ।

सोमवार बस्ने संवाद समितिको बैठकअघि नै सहमति जुटाउन समिति सभापति भट्टराई कस्सिएका हुन् । सहमतिको प्रयास स्वरुप भट्टराईले शनिवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा नेता सूर्यबहादुर थापासँग भेटवार्ता गरेका थिए भने कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment