Comments Add Comment

मोरङमा ३० हजार सुकुम्वासीले आवेदन दिए

sukumbasi

ध्रुव भट्टराई
३ मंसिर, बिराटनगर । मोरङस्थित सुकुम्वासी समस्या समाधान आयोगमा ३० हजार सुकुम्वासीले आवेदन दिएका छन् ।

आयोगले ३५ दिने म्याद दिई देशभर आवेदन खुलाएको थियो । आयोगका जिल्ला अध्यक्ष मानवहादुर लिम्बुका अनुसार जिल्लाका विभिन्न निकायमा २९ हजार ९ सय ३१ वटा आवेदन परेका छन् ।

आयोगमा सबै आवेदन आइपुगे पनि समय अभावका कारण अझै दर्ता गर्ने प्रकृया चलिरहेको लिम्बुले जानकारी दिए । लिम्बुका अनुसार कुल आवेदन दिनेमध्ये ७५ प्रतिशतभन्दा बढी अव्यवस्थित बसोबासवाला रहेका छन् । २५ प्रतिशत भूमिहीन र सुकुम्वासीले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment