Comments Add Comment

पुसभित्रै हिमालयन बैंकले मलेसियामा सम्पर्क कार्यालय खोल्ने

himalayan-bank_11111111111

४ मंसिर काठमाडौं । हिमालयन बैंकले नेपाल राष्ट्र बैंकबाट मलेसियामा सम्पर्क कार्यालय खोल्ने अनुमति प्राप्त गरेको छ । बैंकले यसअघि नै मलेसियाको केन्दि्रय बैंक निगरा मलेसियाबाट बाट पनि सो सम्पर्क कार्यालय खोल्ने अनुमति प्राप्त गरिसकेको छ ।

बैंकले मलेसियामा आगामी पुस मसान्त भित्रै आफ्नो सम्पर्क कार्यालय खोल्ने प्रकृया शुरु जनाएको छ ।
मलेसियामा सम्पर्क कार्यालय खुले पश्चात् बैंकले मलेसिया र नेपाल वीच व्यापार अभिबृद्घ,ि विप्रेषण प्रबर्द्घन तथा प्रत्यक्ष बैदेशिक लगानीका सम्भावनाका अवसरहरु जुटाउन प्रभावकारी भूमिका खेल्न सक्ने बैंकको विश्वास छ ।
बैंकले निकट भविष्यमै खाडी मूलुकहरुमासमेत सम्पर्क कार्यालयहरु खोल्ने र सम्पर्क कार्यालयको विश्वव्यापी सञ्जाल निर्माण गर्ने जनाएको छ ।
हाल बैंकका देशभर ४२ वटा आफ्नै शाखा तथा विप्रेषण भुक्तानीका लागि ५४ सयभन्दा बढी हिमाल रेमिट भुक्तानी केन्द्र रहेका छन् । बैंकका विश्वभर १०० भन्दा बढी व्यवसायिक सहयोगी संस्थाहरु रहेको जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment