Comments Add Comment

निशाको प्रेम आफु भन्दा कान्छा हिरोसँग(भिडियो)

nisha-adhikari
उसो त नायिका निशा अधिकारी यतिबेला क्रिकेटर शरद भेष्वाकरको प्रेममा मस्त छिन् । तर, चलचित्रको पर्दामा भने निशाको प्रेम कलाकार संयम पुरीसँग भएको छ ।
पौष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’को एक गीतमा निशाप्रति कलाकार संयम पुरीले माया देखाएका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

चलचित्रमा निशा र संयमका अलवा आश्मा डीसी, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ । सार्वजनिक गीतको शब्द, लोकेशन र छायांकन पक्ष उत्कृष्ट देखिएको छ । सम्पादनबाट निर्देशनमा हात हालेकाले पनि निर्देशक पौडेलको कामको अग्निपरिक्षा ‘आभाष’मा छ ।

यो बर्षकै आशा गरिएको यो चलचित्रले प्रेमको कथा भनेको छ । सार्वजनिक ‘तिम्रो तस्बिर’ बोलको गीतमा प्रकाश तिमिल्सिनाको संगीत, सन्तोष लामाको स्वर, सुजन सुवेदीको शब्द छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment