Comments Add Comment

विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन

Biplap

१३ मंसिर, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव समूहले नेकपा माओवादी नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।

चितवनमा शनिबार सम्पन्न बैठकले आगामी पुस २१ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लागि विप्लवको नेतृत्वमा आयोजक समिति गठन भएको एक नेताले बताए ।

मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको बैठकमा सम्वन्ध विच्छेदको पत्र बुझाएर विप्लवले आफू पक्षीय नेताहरुको बैठक चितवनमा बोलाएका थिए । बैठकमा खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलासहितका नेताहरु सहभागी थिए ।

नयाँ पार्टीको कार्यालय टीमबारे भने निर्णय भइनसकेको स्रोतले बताउको छ । बैठकमा शीर्ष नेताहरुको ५ सदस्यीय टीम बनाउने प्रस्ताव पनि आएको थियो ।

पार्टी गठनबारे थप जानकारी १५ गते पत्रकार सम्मेलन गरेर दिइने नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा विप्लव स्वयंम उपस्थित हुनेछन् ।

भूमिगत हुन लागेका होइनौं 

विप्लव पक्षका एक नेताले आफूहरु भूमिगत हुन लागेको प्रचार गलत भएको बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने-‘हाम्राबारेमा गलत हल्ला चलेको छ । हामीले भूमिगत हुने कुनै निर्णय गरेका छैनौं ।’

आफूहरुको माग राष्ट्रिय राजनीतिक सम्मेलन गर्नु पर्ने भएको भन्दै उनले यसका लागि सरकारसँग वार्ता गर्न तयार रहने निर्णय गरेको बताएका छन् ।

एमाओवादी छाडेर विप्लव समूहमा
यसैवीच एकीकृत नेकपा माओवादीका भक्तपुरका जिल्ला नेता नेता केदारप्रसाद दुवाल पार्टी परित्याग गरी नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध भएका हुन् ।
एमाओवादी भक्तपुरका गाउँ सेक्रेटरीसमेत रहेका दुवाल सशस्त्र संघर्षको आवश्यकता महसुस गर्दै विप्लव समूहमा लागेको सो समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment