Comments Add Comment

प्रेममा असफल भएपछि अकेषाको पीडा (भिडियो)

akesha and sauram

म्यूजिक भिडियोमा सफल मानिएका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र ‘जिन्दगी रक्स’ पौष १८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिक आएपछि निकेश र उनको टिम प्रचारका लागि कुद्न थालेका छन् ।

यसैक्रममा, चलचित्रमा समावेश ‘थाहा छैन मलाई’ बोलको गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा चलचित्रका सबै कलाकालाई फिचरिङ गरिएको छ ।

यो गीतमा चलचित्रकी मुख्य कलाकार अकेषा बिष्ट प्रेममा परेर चोट खाएर भागेकी छिन् । यो चलचित्रमा सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाखि्रन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुजता श्रेष्ठ र विरेन्द्र राज तुलाधरको चलचित्रमा लगानी छ । चलचित्रमा निशान घिमिरेको सम्पादन, हरी हुमागाँइको छायांकन, निरोज महर्जनको कथा छ । चलचित्रले कमेडी, प्रेम र रोमान्स भन्ने निकेशको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment