Comments Add Comment

व्यायामशालाले खटायो निर्वस्त्र सुरक्षा गार्ड

masaj
फिटनेस सेन्टरको बाफ गृहमा ग्राहकहरुले यौनक्रिडा गर्न थालेपछि निर्वस्त्र सुरक्षा गार्ड खटाइएको छ ।
घटना अस्टि्रयाको लिन्ज सहरको हो । लिन्जमा अवस्थित पार्कब्याड फिटनेस सेन्टरको बाफलिने कोठामा ग्राहकहरुले बाफ लिनुका अलवा एक अर्कासँग यौनक्रिडा समेत गर्न थालेको अत्यधिक गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न निजि सुरक्षा गार्ड खटाउनु परेको हो ।

फिटनेस सेन्टरको स्टिम रुममा बाफ लिने क्रममा मानिसहरु पूरै निर्वस्त्र भएर बस्नुपर्ने हुन्छ । बाफको तातोले तातिँदै जाँदा र एकअर्काको पसिनाले भिजेको निर्वस्त्र सरीर देख्दा खप्नै नसक्ने भएपनि बाफ लिइरहेका ग्राहकहरु एक अर्कासँग यौनक्रियामा संलग्न हुन थालेपछि समस्या उत्पन्न भएको हो ।

बाफ लिने कोठाभित्र हुनसक्ने यौनजन्य क्रियाकलाप रोक्नका लागि निर्वस्त्र सुरक्षा गार्डहरु ग्राहक झैँ बनेर बाफ लिने कोठामा छिर्छन् । यदि बाफ लिनुको साटो कसैले यौनक्रिडा गर्न थालेको पाइएमा त्यस्ता मानिसलाई निर्वस्त्र ग्राहक बनेर छिरेका ती सुरक्षा गार्डले पक्रिहाल्छन् ।

निर्वस्त्र गार्ड खटाएको पहिलो हप्तामै दुइ जोडी ग्राहकहरु बाफ लिने कोठाभित्र यौन क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई अबदेखि उक्त फिटनेस सेन्टरमा आउन प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment