Comments Add Comment

आइफोन-६ को उत्पादन ४० प्रतिशत कटौती, बजारमा अभाव चुलिने

iphone61
एप्पललको आइफोन सिक्स किन्न चाहनेहरुले अर्को वर्ष बजारमा उक्त आइफोन भेटाउनै गाह्रो पर्ने निश्चित भएको छ । एप्पलले आइफोन सिक्सको साटो ‘आइफोन सिक्स प्लस’को उत्पादनमा ध्यान केन्दि्रत गरेपछि बजारमा आइफोन सिक्सको अभाव चुलिने पक्का भएको हो ।
वित्तिय सेवा सम्बन्धि बहुराष्ट्रिय संस्था युबिएसका विश्लेषक स्टेभेन मिलुनोभिचका अनुसार आउँदो मार्च सम्ममा आइफोन सिक्सको उत्पादनमा एप्पलले ४० प्रतिशतले कमी ल्याउनेछ ।
सानो आकारको आइफोन सिक्सको उत्पादन घटाउने र ठूलो आकारको सिक्स प्लसको उत्पादन बढाउने योजना एप्पललको रहेको उनको ठम्याइ छ । आइफोन सिक्स प्लसलाई उपभोक्ताले निकै रुचाएपछि एप्पलले यस्तो लक्ष्य तय गरेको हो ।
एसियाली बजार, खासगरी चीनमा आइफोन सिक्स प्लसको माग चुलिँदो छ । यो पटकको चिनिया नयाँ वर्षको उपलक्ष्यमा चीनमा सिक्स प्लसको माग अझै उत्कर्षमा पुग्ने विश्लेषकहरुले बताएका छन् ।
सिक्स प्लस यतिधेरै लोकपि्रय होला भन्ने अपेक्षा एप्पलले गरेको थिएन । जसका कारण उसले मागअनुसार उत्पादन र आपूर्ति गर्न नसक्दा अन्तराष्ट्रिय बजारमा अहिले पनि सिक्स प्लस पर्याप्त आपूर्ति हुन सकेको छैन ।
उता अमेरिकामा सानो आकारको आइफोन सिक्सको माग समेत उच्च रहेको र आपूर्ति पर्याप्त हुन नसक्दा सिक्स प्लसको मागलाई नजरअन्दाज गरिएको मिलुनोभिचले बताएका छन् ।
त्यसकारण आइफोन सिक्सको उत्पादन कटौती नगरी सिक्स प्लसको उत्पादनमा बढाउन सक्ने अबस्थामा एप्पल छैन । यी दुवै सेटको माग र आपूर्तिवीच सन्तुलन आउन अर्को वर्षसम्मै पर्खनुपर्ने अवस्था रहेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।
ठूलो साइजको स्क्रिनसहित एप्पल आइफोन सिक्स प्लसमा आएपछि बजारमा सिक्स प्लसको माग निकै बढेको छ । पछिल्लो तीन महिनाको अबधिमा आइफोन सिक्स प्लसले कुल फ्याबलेट (५.५ इन्चभन्दा ठूलो स्क्रिनका सेट)को बजारमा आफ्नो हिस्सा ४१ प्रतिशत पुर्‍याएको छ ।
यसरी बिक्रि ह्वात्तै बढ्नुमा बिभिन्न सर्भेहरुले स्क्रिन साइजलाई नै जिम्मेवार ठहर्‍याएका छन् । अझै पनि फ्याबलेट सेक्सनमा सामसुङ ग्यालेक्सी नोट ४ सवैभन्दा बढि बिक्रि हुने सेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment