Comments Add Comment

नक्कली बिहे गरी युवती बेच्ने पूर्णबहादुर पक्राउ

२४ मंसिर, काठमाडौं । मोरङकी एक युवतीसँग नक्कली विवाह गरी भारतको बम्बइमा लगेर बेच्ने पूर्णबहादुर मिजार पक्राउ गरेका छन् ।

Purna-bahadur-mijar३४ वर्षका मिजारलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले जनाएको छ । मिजारले मोरङ इटहरीका कृष्ण घिमिरेको घरमा काम गर्ने युवतीसँग विवाह विवाह गरेका थिए ।

आफूलाई क्षेत्री जातको भन्दै उनले युवतीलाई काठमाडौं ल्याइ विवाह गरेका थिए । तर, विवाहपछि उनले युवतीलाई बम्बईमा लगेर ४५ हजारमा बचेका थिए ।

युवती बेचिएको थाहा पाएपछि कृष्णबहादुरले उजुरी दिएपछि पुनरावेदन अदालत पाटनले २०६४ असार ११ गते मिजारलाई १० वर्ष कैद र ४५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment