Comments Add Comment

‘संलोग’ को संयोजकमा प्रचण्ड सर्वसम्मत

  • फाइल फोटो

२६ मंसिर, काठमाडौं । संविधानसभामा रहेका एमाओवादीसहित १९ दलले औपचारिकरुपमा ‘संघीय लोकतान्त्रिक गठबन्धन नेपाल (संलोग)’ गठन गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डलाई संलोगको संयोजक चयन गरिएको छ ।

यसअघि एमाओवादी, संघीय समाजवादी र मधेसवादी पाँच दलले संघीय लोकतान्त्रिक गठवन्धन बनाएका थिए । कांग्रेस-एमालेसहितका दलले सम्वाद समितिमा सात प्रदेशसहितको साझा प्रस्ताव दर्ता गरेपछि प्रचण्डले २० दलको मोर्चा बनाएका थिए ।

औपचारिक मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भएपछि परिवार दल भने बाहिरिएको छ । १९ दलको शुक्रबार बसेको बैठकले मोर्चाको अवधारणा पत्रलाई अन्तिम रुप दिँदै प्रचण्डलाई संयोजक तोकेको खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राईले बताए ।

मोर्चाको प्रवक्तामा पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह छन् ।

पर्ख र हेरको रणनीतिमा

‘संघीय लोकतान्त्रिक गठबन्धन नेपालले पहिचानसहितको संघीयताका लागि आन्दोलन गर्ने बताए पनि कार्यक्रम भने घोषणा गरेको छैन ।

नेताहरुका अनुसार मोर्चा केही दिन पर्ख र हेरको रणनीतिमा छ । संविधानसभाको २९ गते बस्ने बैठकमा सम्वाद समितिको प्रतिवेदनमाथि हुने छलफलका आधारमा अघि बढ्ने मोर्चाको तयारी छ ।

दलहरुबीच पछिल्लो समय भएको छलफलमा कांग्रेस र एमाले केही लचिलो देखिएको मोर्चाको निष्कर्ष छ । बैठकमा प्रचण्डले कांग्रेस र एमाले मिश्रति निर्वाचन प्रणालीमा सहमत देखिएको भन्दै आन्दोलनका लागि केही दिन पखर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment